Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
आर्थिक

खेलाडीलाई उपचार खर्च

उद्‌घोष संवाददाता
२१ असोज २०८१, सोमवार

Advertisement

काठमाडौँ, २१ असोज । राष्ट्रिय खेलाडी कल्याणकारी कोषले दुई कराते खेलाडीलाई स्वास्थ्य उपचारका लागि आज आर्थिक सहयोग उपलब्ध गराएको छ ।

कोषले सिद्धिकीताज बबरलाई  एक लाख ५० हजार तथा विपिनराजसिंह दर्जीलाई ७५ हजार प्रदान गरेको हो ।

सिद्धिकी सवारी दुर्घटना परी घाइते भएका थिए भने विपिन मिर्गौलाको समस्याबाट पीडित छन् ।

कोषका अध्यक्षसमेत रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङले खेलाडीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे।

 सो अवसरमा कोषका सदस्यसचिव एवं नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष दीपक श्रेष्ठ, राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्ट, नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) का उपनिर्देशक एवं शारीरिक सुगठनका मुख्य प्रशिक्षक राजेन्द्ररत्न तुलाधरको उपस्थिति थियो । रासस

View : 468

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved