Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
समाज

भुल्केका १०७ घरमा विद्युत् जडान

उद्‌घोष संवाददाता
४ कार्तिक २०८२, मङ्गलवार

Advertisement

भोजपुर । भोजपुरको रामप्रसाद राई गाउँपालिका–३ भुल्केमा वडाको सक्रिय पहलमा १०७ घरमा केन्द्रीय विद्युत् सेवा विस्तार गरिएको छ ।

बेहेश्वर जलविद्युत् आयोजनामा चट्याङका कारण क्षति पुगेर बस्ती अन्धकारमा डुबेपछि वडाले पहल गरी पुनः उज्यालो फर्काएको हो ।

यही असोज १९ देखि २१ गतेसम्मको लगातारको वर्षासँगै परेको चट्याङले स्थानीय जलविद्युत् आयोजनाको मेसिन बिग्रिएपछि सम्पूर्ण बस्तीमा विद्युत् सेवा ठप्प भएको थियो ।

स्थानीयस्तरमा वितरण गरिएको विद्युत्मा समस्या आएपछि वडाको पहलमा केन्द्रीय विद्युत् विस्तार गरिएको वडाध्यक्ष रामु थापामगरले जानकारी दिए ।

अठासी परिवारलाई मिटरसमेत वितरण गरिएको छ ।

विगतको विद्युत् सेवा अवरोध भएपछि अन्धकार बनेको बस्तीमा पाँच दिनभित्रै केन्द्रीय लाइन विस्तार कार्य सम्पन्न हो । रासस

View : 651

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved