विराटनगर । नेपाल प्रहरी श्रीमती संघको ४१ औं वार्षिकोत्सवको अवसरमा नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशद्वारा मोरङको बुढीगंगा गाउँपालिका–१ घिनाघाटस्थित महिला जागृति वृद्धाश्रममा आश्रित परिवारहरुलाई भोजन सेवा प्रदान गरिएको छ ।
सो कार्यक्रममा संघकी सचिव सिर्जना नेपाल दाहाल, कोषाध्यक्ष सुमित्रा अधिकारीलगायतका पदाधिकारीहरुको सहभागिता थियो ।
संघले सोमबार कोशी प्रदेश प्रहरी कार्यालय परिसरमा रहेको पलाञ्चोक भगवती मन्दिरमा सन्ध्याकालिन आरती कार्यक्रम गरेको थियो ।
View : 403
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved