Biratnagar, Morang, Nepal
९ मंसिर २०८१, आइतवार
+977 21 450305, 515728, 578305
कोशी

मानव तस्करीमा सघाएको आरोपमा कांग्रेस नेता कार्की पक्राउ

उद्घोष सम्वाददाता
८ पुष २०८०, आइतवार

विराटनगर, ८ पुस । नक्कली कागजातका आधारमा मिलेमतोमा ‘भिजिट भिसा’ मा विदेश पठाइ मानव तस्करीमा सघाएको अभियोगमा प्रहरीले एक ट्राभल्स सञ्चालकलाई पक्राउ गरेको छ । गैरकानुनी काम गरेको अभियोगमा मोरङ पथरी शनिश्चरे नगरपालिका–७ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–४ इमाडोल बस्ने ‘सिटी टुर्स एण्ड ट्राभल्स’का सञ्चालक ४५ वर्षीय विनोद कार्कीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कार्की नेपाली कांग्रेसका नेता हुन् । गत वर्षको मंसिरमा भएको चुनावमा उनी मोरङको क्षेत्र नं २ को प्रदेशसभा ‘ख’ बाट प्रदेशसभा सदस्यमा कांग्रेसबाट उम्मेदवार बनेका थिए । उनी एमालेका लिलाबल्लब अधिकारीसँग पराजित भएका थिए ।

एमालेका अधिकारीले १७ हजार ५५२ मत ल्याएर जितेका थिए भने कांग्रेसका कार्कीले १४ हजार ९५२ मत पाएका थिए ।  निर्वाचन क्षेत्रमा काम नगरी पैसाको बलमा टिकट पाएको भन्दै कार्कीको त्यसबेला निकै आलोचना भएको थियो  । 

काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार भिजिट भिसामा विदेश जान लागेका युवायुवतीको शङ्कास्पद कागजात सहित राहदानी एक हजार पाँच सय १३ थान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट प्राप्त हुन आएकामा सोमध्ये दुई सय ४६ कागजात नक्कली कक्षा १२ को प्रमाणपत्र, श्रम स्वीकृति, नाता प्रमाणित, प्रहरी रिपोर्ट र बैंक विवरण नक्कली देखिएकामा उक्त कागजात बनाउने व्यक्तिको पहिचान गर्ने कार्कीलाइ पक्राउ गरिएको हो ।

नक्कली कागजातका आधारमा के–कसरी विदेश पठाइने रहेछ भन्ने विषयमा अनुसन्धान गर्दा एजेन्ट, कन्सलटेन्सी, ट्राभल्स एजेन्सीले एयरलाइन्सलाई प्रतिव्यक्ति १० हजारदेखि १५ हजारसम्म र अध्यागमनका कर्मचारीलाई प्रतिव्यक्ति ४० हजारदेखि ५ हजारसम्म दिएर मिलाइ विदेश पठाउने खुल्न आएकामा सोमा संलग्न ट्राभल्स सञ्चालक कार्कीलाई काठमाडौंको बल्खुबाट पक्राउ गरी थप अनुसन्धान भइरहेको बताइएको छ ।

View : 143

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved