Biratnagar, Morang, Nepal
२८ पुष २०८१, आइतवार
+977 21 450305, 515728, 578305
समाज

गौशालालाई माहेश्वरी महिलाले दिए फ्रिज

उद्‌घोष सम्वाददाता
२४ असार २०८१, सोमवार

विराटनगर । माहेश्वरी महिला मञ्च विराटनगरले जतुवास्थित श्रीकृष्ण गौशालालाई एक थान फ्रिज दिएको छ ।

मञ्चले गौशालामा रहेका गाईको औषधि, भ्याक्सिन लगायतका उपचारका सामग्री राख्न फ्रिज(रेफ्रिजरेटर) प्रदान गरेको हो । अध्यक्ष पूनम राठीले गौशालाका सचिव शिवरतन जोशीलाई आइतबार एक समारोहमा फ्रिज हस्तान्तरण गरिएको जानकारी दिइन् । अध्यक्ष राठीका अनुसार २५ हजार मूल्यको उक्त फ्रिज २ सय लिटरको हो ।

गौशालाका सचिव जोशीले गौसेवा सम्पूर्ण देवीदेवता मात्रको नभई मानव जाति, समस्त प्राणी, प्रकृति र सबै खाले वनस्पतिको समेत सेवा भएको बताए । हस्तान्तरण समारोहमा जोशीले भने, ‘गोरसबाट मानव जातिको अनि गाईको मलबाट प्रकृति, वनस्पति, पर्यावरण र अन्य प्राणीको समेत संरक्षण र कल्याण हुन्छ । त्यसैले गौरक्षा र गौसेवाको महत्व ठूलो भएको हो ।’  

समारोहमा मञ्चका संस्थापक अध्यक्ष गोमतीदेवी राठी, अखिल भारतवर्षीय माहेश्वरी महिला संगठनका उपाध्यक्ष गिरिजा शारडा र नेपाल राष्ट्रिय मारवाडी महिला संगठनका  निवर्तमान अध्यक्ष रचना राठी लगायतको उपस्थिति  थियो ।

View : 213

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved