Biratnagar, Morang, Nepal
२८ पुष २०८१, आइतवार
+977 21 450305, 515728, 578305
समाज

काभ्रेपलाञ्चोकको खानीखोलाका आठ घर बगे

उद्‌घोष सम्वाददाता
१२ असोज २०८१, शनिवार

धुलिखेल, १२ असोज । अविरल वर्षाका कारण बागमती खोलामा आएको बाढीले जिल्लाको डाँडापारिस्थित खानीखोला गाउँपालिका–६ मा आठ घर बगाएको छ ।

वडा नं ६ स्थित बागमती खोला किनार नजिक रहेका घर बाढीले बगाएको हो ।

स्थानीय धनबहादुर लामाले बाढीले नयाँ बस्तीका फुलबहादुर रुम्बा, हस्तबहादुर सिङ्तान, बुद्धि सिङ्तान, प्रकाश सिङ्तान, साजन सिङ्तान, देवराज सिङ्तान, विक्रम सिङ्तान र उत्तरमान गोलेको घर बनाएको जानकारी दिए ।

उक्त बाढीमा एकजना महिला बेपत्ता भएकी छिन् । 
    
डाँडापारिका दुई पालिका सञ्चार सम्पर्कविहीन

डाँडापारी क्षेत्रमा रहेको खानीखोला गाउँपालिका र महाभारत गाउँपालिकाका अधिकांश स्थानमा सञ्चार सम्पर्कविहीन भएका छन् ।

अविरल वर्षाले विद्युत् सेवा बन्द भएपछि सम्पर्कविहीन बनेका हुन् ।

खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले वर्षाका कारण पालिकाका अधिकांश ठाउँ सञ्चार सम्पर्कविहीन भएका बताउँदै कहाँ, कति क्षति भएको यकिन गर्न नसकेको उल्लेख गरे ।

नेपाल टेलिकमलाई बारम्बार खानीखोलामा सञ्चार सम्पर्कमा जोड्न पटकपटक आग्रह गरिएको भन्दै जीर्ण टावरमा सेवा जडान नहुँदा दुई वर्षदेखि समस्या व्यहोर्दै आएको उनले बताए । 

त्यस्तै महाभारत गाउँपालिकाका अधिकांश स्थान पनि सञ्चार सम्पर्कविहीन भएका गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले बताए ।

वर्षाका कारण विद्युत् प्रसारण लाइनमा क्षति हुँदा सञ्चार सम्पर्क विच्छेद भएको उनले उल्लेख गरे । रासस

View : 102

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved