विराटनगर । फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्यका लागि मोरङमा उम्मेदवारी दिएका ६ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् ।
उम्मेदवारी दर्ता गरेर चुनावी मैदानमा उत्रिएका मध्ये राजनीतिक दलसम्वद्ध २ र स्वतन्त्र ४ जना गरी ६ जनाले उम्मेदवारी फिर्ता लिएको जनाइएको छ ।
मोरङ–१ मा जसपा नेपालका दुर्गाप्रसाद दर्लामी र मोरङ–६ मा नेमकिपाका तिलकराम राजवंशीले उम्मेदवारी फिर्ता लिएका छन् ।
स्वतन्त्रबाट उम्मेदवारी दिएका मधये क्षेत्र नं. ३ का सुरेश लिम्बु, कञ्चन न्यौपाने, दलबहादुर थापा र क्षेत्र नंं ६ का राम खत्रीले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रतिनिधि सभा निर्वाचन ऐन २०७४ दफा २५ उपदफा ४ बमोजिम उम्मेदवारी फिर्ता लिएका उम्मेदवारहरुको नाम उम्मेदवारको सूचीबाट हटाइएको हो ।
निर्वाचन कार्यालयका अनुसार मोरङ क्षेत्र नं. ४ बाट उज्यालो नेपाल पार्टीका विनोद परियार र क्षेत्र नं. ६ मा जसपाका महमद् जाविरको उम्मेदवारी भने आयोगले रद्ध गरेको जनाइएको छ ।
मोरङका ६ वटा निर्वाचन क्षेत्रमा ११८ जनाले उम्मेदवारी दिएका थिए । उम्मेदवारी फिर्ता र रद्धपछि मोरङमा कुल उम्मेदवार संख्या ११० कायम भएको छ ।
View : 300
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved