सुन्दरहरैंचा : सुन्दरहरैंचा–७ स्थित गोठगाउँमा रहेको शिव पाञ्चायन मन्दिर व्यवस्थापन समितिको २० औं वार्षिक साधारण सभाले पोष्टकुमार श्रेष्ठलाई मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा पुनः सर्वसम्मत रूपमा चयन गरेको छ ।
मन्दिरको नयाँ कार्यसमितिको उपाध्यक्षमा दुर्गादेवी भट्टराई, सचिवमा ठमराज न्यौपाने (उज्ज्वल), सहसचिवमा मिलन लुइटेल र कोषाध्यक्षमा खड्ग श्रेष्ठ चयन भएका छन् ।
यसैगरि सदस्यहरुमा तुलसा आचार्य, कृष्णमाया श्रेष्ठ, पार्वती राई, मातृका चौलागाई, महेश उप्रेती र कैलाश पोखरेल सर्वसम्मत चयन भए । लेखा सुपरीवेक्षण संयोजकमा अम्बिकाप्रसाद सापकोटा र सदस्यहरूमा ज्ञाननाथ ढकाल र सरस्वती दाहाल (अधिकारी) चयन भएका छन् ।
नवगठित कार्यसमितिका पदाधिकारीहरूलाई सुन्दरहरैंचा–७ का वडाध्यक्ष भुवनसिंह मगर र निर्वाचन समितिका संयोजक नागेश पोखरेलले टीका तथा माला लगाएर कार्यकालको शुभकामना दिएका थिए । कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका संस्थापक अध्यक्ष तथा जग्गादाता देवीप्रसाद पराजुलीलाई सम्मान गरिएको थियो ।
मन्दिर व्यवस्थापन समितिका हालसम्मका पदाधिकारीलाई पनि सम्मानपत्र गरिएको थियो । साधारण सभामा कोषाध्यक्ष दुर्गादेवी भट्टराईले आर्थिक प्रतिवेदन तथा अध्यक्ष पोष्टकुमार श्रेष्ठले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
View : 605
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved