Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
राजनीति

इलाम–२ उपनिर्वाचन

रास्वपाका मिलन लिम्बुले गरे मतदान

उद्‌घोष संवाददाता
१५ वैशाख २०८१, शनिवार

Advertisement

विराटनगर । इलाम–२ को उपनिर्वाचनका लागि मतदान सुरु भएको छ । उम्मेदवारहरूले समेत मतदान गरिरहेका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका मिलन लिम्बुले माङसेबुङ गाउँपालिका–२ दहगाउँस्थित जनता कल्याण आधारभूत विद्यालय मतदान स्थलको मतदान केन्द्र (ख) मा पहिलो मतदान गरेको बताएका छन् । 

उनले उक्त मतदान केन्द्रमा जम्मा एक हजार दुई सय सात जना मतदाता रहेको जानकारी दिएका छन् । 

निर्वाचनलाई लोकतन्त्रको उत्सव भएको उनले उल्लेख गरेका छन् । 

इलाम–२ मा रास्वपाबाट लिम्बुसहित नेकपा एमालेका सुहाङ नेम्वाङ, नेपाली कांग्रेसका डम्बर बहादुर खड्का लगायतका दलका उम्मेदवार र स्वतन्त्र गरी १९ जना प्रतिष्पर्धामा रहेका छन् ।

View : 669

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved