Biratnagar, Morang, Nepal
२७ पुष २०८१, शनिवार
+977 21 450305, 515728, 578305
समाज

रोजगार मेला गर्दै महानगर, स्टल नि:शुल्क

उद्‌घोष सम्वाददाता
३० फागुन २०८०, बुधवार

विराटनगर । विराटनगर महानगरपालिकाले पहिलोपटक ‘महानगर रोजगार मेला’ आयोजना गर्ने भएको छ । 

आगामी चैत २ र ३ गते रोजगार मेला आयोजना गर्ने निश्चित भएको महानगरका मेयर नागेश कोइरालाले जानकारी दिए । विराटनगरस्थित वीरेन्द्र सभागृह छेउमा रहेको इको पार्कमा मेला सञ्चालन हुनेछ । 

स्थानीय रुपमा रोजगारीको खोजीमा रहेका जनशक्तिलाई स्थानीय उद्योग व्यवसाय, बैंकिङ, पर्यटन, होटल, बैंक, बीमा, विद्यालय तथा निजी व्यावसायिक क्षेत्रमा रोजगार उपलब्ध गराउनका लागि सूचनाको पहुंच स्थापना, सहजीकरण र समन्वयात्मक भूमिका निर्वाह गर्न मेला उपलब्धिमूलक हुने मेयर कोइरालाको भनाइ छ ।

महानगरले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा मेयर कोइरालाले बताएअनुसार बेरोजगार युवाहरूलाई रोजगारबारे सूचना दिलाउने उद्देश्य राखिएको मेलामा प्राविधिक, प्रशासनिक, उद्योग र श्रमिक क्षेक्रका व्यत्तिहरूको सहभागिता हुनेछ ।

दक्षताअनुसारको रोजगारीको खोजीमा रहेका युवाहरू प्रत्यक्ष रोजगारदातासग झेट, युवा जनशक्ति र रोजगारदातालाई जनशत्ति खोज्न र रोज्न सहयोग पुग्ने, स्थानीय क्षेत्रमा रहेका रोजगारका क्षेत्र, सूचना तथा अवसरको जानकारी र सीपमूलक तालिमहरूको अवरसम्बन्धी जानकारी गराउने मेलाको लक्ष्य रहेको छ । 

मेलामा करिब ३ हजार जनाभन्दा बढीको सहभागिता रहने अनुमान गरिएको उपमेयर शिल्पा निराला कार्कीले जानकारी दिइन ।

मेलामा उद्योग, अस्पताल, होटेल,  बैंक तथा वित्तीय संस्था, शैक्षिक परामर्श केन्द्र, रोजगार केन्द्रका करिब ४० वटा स्टल समावेश हुने महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत दीपक पौडेलले बताए । मेलामा स्टल निःशुल्क उपलब्ध गराइनेछ । 

View : 283

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved