विराटनगर : भिजिट भिसामा खाडी मुलुक पठाउन नक्कली कागजात बनाउने कार्यमा सहयोग गरेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालय बानेश्वरले नेपाल वायु सेवा निगमका अधिकृत होमनाथ पोखरेललाई पक्राउ गरेको छ ।
एसपी रबिन्द्र रेग्मीका अनुसार भिजिट भिसामा कामदार पठाउने गिरोहबारे अनुसन्धानका क्रममा वायु सेवा नियमका अधिकृत पोखरेलको पनि संलग्नता खुलेको हो ।
प्रहरीका अनुसार पक्राउ परेका पोखरेलमाथि अनुसन्धान जारी छ ।
निगमका अन्य अधिकारीको संलग्नता बिना भिजिट भिसामा कामदार पठाउन सम्भव नरहेको भन्दै प्रहरीले त्यसतर्फ पनि अनुसन्धान गरिरहेको जनाइएको छ । सो प्रकरणमा प्रहरीले यसअघि कन्सल्टेन्सीका सञ्चालकसहित १३ जनालाई पक्राउ गरिसकेको छ ।
View : 154
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved