विराटनगर । कोशी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले पाएका छन् ।
यसअघि स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पनि सम्हालिरहेका भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राई सरकारको प्रवक्ताको जिम्मेवारीमा थिए ।
बिहीबार बसेको प्रदेश मन्त्रीपरिषद् बैठकले भण्डारीलाई प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी दिएको हो ।
तत्कालीन मन्त्री लिलाबल्लभ अधिकारीले जापान भ्रमण प्रकरणमा विवादित बनेर राजीनामा दिएपछि मंसिर १७ मा भण्डारी आन्तरिक मामिला तथा कानुन मन्त्री नियुक्त भएका थिए ।
View : 77
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved