बिराटनगर । कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान मोरङको बुधवार भएको पाँचौ जिल्ला अधिवेशनबाट गुरुप्रसाद अधिकारी (रंगेली) को अध्यक्षतामा तेइस सदस्यीय जिल्ला समिति निर्विरोध चयन गरेको छ ।
अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा नगेन्द्रप्रसाद अधिकारी सुन्दरहरैंचा, उपाध्यक्ष माधव अधिकारी विराटनगर, सचिव खेमचन्द्र अधिकारी सुन्दरहरैंचा, सहसचिव लावण््यकुमार अधिकारी सुन्दरहरैंचा, कोषाध्यक्ष गुरुप्रसाद अधिकारी सुन्दरहरैंचा चयन भएका छन् ।
त्यसैगरी सदस्यहरूमा हरिप्रसाद अधिकारी र फणिन्द्र अधिकारी–कानेपोखरी, हरिचन्द्र अधिकारी–सुनबर्सी, रमेशचन्द्र अधिकारी र होमनाथ अधिकारी रंगेली, कुलप्रसाद अधिकारी–सुन्दरहरैंचा, सीतादेवी अधिकारी सुन्दरहरैंचा, निर्मला अधिकारी–बेलबारी, खगेन्द्र अधिकारी–उर्लाबारी छन् ।
अधिवेशनले भारतको मनिपुरमा रहेर अधिकारी वंशको गतिविधिमा सक्रिय भएको भन्दै कुलबहादुर अधिकारीलाई सम्मानपत्र र दोसल्लाले बिशेष सम्मान गरिएको थियो ।
जिल्लाका सबै क्षेत्रलाई समेट्ने गरी बनाइएको समितिले पाँच सदस्यपछि थप गर्नेगरी कार्यविभाजन गरेको निर्वाचन समिति संयोजक युवराज अधिकारीले बताए । कार्यक्रममा सबैभन्दा ८० बर्ष माथिका बाआमालाई सम्मान गरिएको थियो ।
View : 486
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved