विराटनगर : कोशी प्रदेशका मुख्यन्यायधिवक्ता गजेन्द्र आचार्यले पदबाट राजीनामा दिएका छन् । नेपालको संविधानको धारा १६० को उपधारा (४) को खण्ड (क) बमोजिम मुख्यन्यायाधिवक्ता आचार्यले राजीनामा बुझाएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
प्रदेश प्रमुख कार्यालयका निमिक्त सचिव नरेन्द्रकुमार श्रेष्ठले मुख्यन्यायाधिवत्ता आचार्यले सोमबार प्रदेश प्रमुख परशुराम खापुङ्गसमक्ष राजीनामा दिएको जानकारी दिए ।
निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहिलो फटक मुख्यन्यायाधिवक्ता नियुत्त गरेका आचार्य पुनः दोस्रो पटक पनि नियुक्त भएका थिए । पछिल्लो पटक नेपाली कांग्रेसका केदार कार्की मुख्यमन्क्री नियुत्त भएपछि आचार्यले राजीनामा दिएका हुन् ।
View : 119
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved