Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

विराट शिक्षण अस्पताल र रामकुमार शारडा अस्पतालबीच सम्झौता

उद्‌घोष संवाददाता
१७ वैशाख २०८३, बिहिवार

विराटनगर । विराट मेडिकल कलेज शिक्षण अस्पताल तथा रेवन्त–रुक्मणि मेमोरियल विराट क्यान्सर इन्स्टिच्युटसँग सिरहाको लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालबीच सहकार्य सम्बन्धी सम्झौता भएको छ । 

विराट मेडिकल कलेज शिक्षण अस्पतालमा भएको सम्झौता हस्ताक्षर कार्यक्रममा विराट मेडिकलको तर्फबाट अस्पतालका प्रमुख कार्यकारी अधिकृत डेनिश कार्की र संयोजक सुनिल देव साथै प्रादेशिक अस्पताल तर्फबाट अस्पताल अध्यक्ष रामनारायण मेहता र मेडिकल अभिलेख निरीक्षक श्रवणकुमार सदाले हस्ताक्षर गरेका छन् ।

विराट मेडिकल कलेज शिक्षण अस्पताल तथा रेवन्त–रुक्मणि मेमोरियल बिराट क्यान्सर इन्स्टिच्युटबाट क्यान्सर सम्बन्धि सम्पूर्ण उपचार तथा अस्पतालमा रहेको अन्य सेवाहरूमा सहकार्य गरिएको सम्झौतापत्रमा उल्लेख गरिएको छ । 

साथै प्रादेशिक अस्पतालका बिरामीहरूले विराट मेडिकलमा बहिरङ सेवा (ओपीडी) मा निःशुल्क साथै अस्पतालको अन्य सेवा सुविधाहरूमा विशेष छुटको पाउने व्यवस्था गरिएको छ ।

View : 247

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved