Biratnagar, Morang, Nepal
४ असोज २०८३, आइतवार
+977 21 450305, 515728, 578305
शिक्षा

हिले क्याम्पसमा प्राज्ञिक लेख लेखन प्रशिक्षण सुरु

उद्‌घोष संवाददाता
२६ वैशाख २०८३, शनिवार

Advertisement

हिले (धनकुटा) । धनकुटाको हिले क्याम्पसमा ‘प्राज्ञिक लेख लेखन तथा जर्नल प्रकाशन’ विषयक तीनदिने अनुसन्धान प्रशिक्षण सुरु भएको छ।

शिक्षा विकास निर्देशनालय धनकुटाका निर्देशक कृष्णप्रसाद पोखरेलले एक समारोहका बीच सो कार्यक्रमको उद्घाटन गर्नुभयो।

हिले क्याम्पसका प्रमुख प्रदीप फुयालको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष भूपेन्द्र कटुवाल, नेपाल पब्लिक क्याम्पस संघका केन्द्रीय सदस्य केशव अधिकारी, संघका कोशी प्रदेश अध्यक्ष एवम् सुकुना बहुमुखी क्याम्पसका प्रमुख अर्जुनराज अधिकारी, पूर्वाञ्चल विश्वविद्यालयका एमफिल तथा पीएचडी कार्यक्रम निर्देशक प्रा.डा. जीवनकुमार ढकाल, नेपाल पत्रकार महासंघ धनकुटाका सभापति विदुर खवास र हिले क्याम्पसका पूर्वप्रमुख रमेशबहादुर घिमिरेलगायतको आतिथ्यता रहेको थियो।

 

कार्यक्रममा बोल्दै वक्ताहरूले यो प्रशिक्षणबाट शैक्षिक क्षेत्रको विकास र शैक्षिक गुणस्तरको सुनिश्चितता हुने विश्वास व्यक्त गरेका थिए।

क्याम्पस प्रमुख फुयालका अनुसार तीन दिनसम्म चल्ने सो प्रशिक्षणमा विशेषज्ञहरू प्रा.डा. पेशल खनाल र प्रा.डा. अशोक झाले सहजीकरण गरिरहेका छन् ।

प्रशिक्षणमा विभिन्न विश्वविद्यालय तथा क्याम्पसका करिब दुई दर्जन प्राध्यापक, अनुसन्धानकर्ता र विद्यार्थीहरूको सहभागिता  छ।

 

कार्यक्रममा मोरङ क्याम्पस विराटनगरकी ज्योति कोठारी र सविता ओझा, म्याङ्लुङ क्याम्पसका प्रमुख प्रकाश ढुङ्गाना र सविता ओझा, एक्सपाएर कलेज विराटनगरकी लक्ष्मी अधिकारी, धनकुटा क्याम्पसका प्रमुख जे.पी. भुजेल, केवलराम पराजुली र सन्तनु पोखरेल तथा सुकुना क्याम्पसका नवराज कोइराला सहभागी छन्।

त्यसैगरी, बाह्रदशी क्याम्पस झापाका प्रमुख भेषबहादुर बुढाथोकी र पुष्प भट्टराई, विराटनगर इन्टरनेसनल कलेजका कार्यक्रम संयोजक विकास शर्मा, निरोज काफ्ले र रक्षा अधिकारी, गोमेन्द्र कलेज बिर्तामोडका विकास कोइराला र जीवनकुमार बुढाथोकी, छथर क्याम्पसका हिमबहादुर थापाका साथै मुकेश दुलाल (विराटनगर) र हरिप्रसाद पौडेल (पाख्रीवास) लगायतको सहभागिता छ।

 

आयोजक हिले क्याम्पसका तर्फबाट मुकुन्दप्रसाद शर्मा, दीपक घिमिरे, रमेश पराजुली खत्री, यज्ञप्रसाद दाहाल, वेशराज खत्री, रामप्रसाद चम्लागाईं, पोषणप्रसाद घिमिरे र चन्द्रमाया तामाङ प्रशिक्षणमा सहभागी छन्।

अनुसन्धान र प्राज्ञिक लेखनमा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको सो तीनदिने प्रशिक्षण कार्यक्रम आइतबार समापन हुनेछ।

 

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त हिले क्याम्पसमा हाल १० जना शिक्षक तथा कर्मचारी कार्यरत छन् भने १४५ जना विद्यार्थीहरू अध्ययनरत छन्।

व्यवस्थापन सङ्कायअन्तर्गत बीबीएसको पढाइ हुने सो क्याम्पसमा चौथो वर्षमा पुगेपछि विद्यार्थीहरूले आफ्नो रुचिको क्षेत्रअनुसार विशेषज्ञता हासिल गर्न बजारशास्त्र र वित्तशास्त्र विषय छनोट गरी पढ्न पाउने सुविधा छ।

View : 378

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved