विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक राजन लम्सालले चुस्त ट्राफिक ब्यवस्थापन आफ्नो पहिलो प्राथमिकता हुने बताएका छन् ।
भदौ २४ गते मोरङ ट्राफिकको कमाण्ड सम्हालेका प्रहरी निरीक्षक लम्सालले सोमबार सञ्चारकर्मीहरुको परिचयात्मक कार्यक्रममा बोल्दै उनले ट्राफिक प्रहरीको सुब्यवस्थित परिचालन गरी ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणमा लागि पर्ने बताए ।
उनले ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणको लागि सबैको साथ सहयोगको खााचो रहेको समेत उल्लेख गरे ।
उनले चाडपर्वमा हुने सवारी चाप व्यवस्थापन, दुर्घटना न्यूनीकरण तथा यात्रुलाई पर्न सक्ने विभिन्न समस्यालाई सम्बोधन गर्नेगरि सहज यात्राको प्रबन्ध मिलाउन चााडै सुरक्षा योजना ल्याईने समेत जानकारी दिए ।
विराटनगरमा देखिएको सिटी सफारीको चाप र त्यसको ब्यवस्थापनमा सरोकारवाला अन्य पक्षको सहयोग आवश्यक रहेको समेत उनको भनाइ थियो ।
View : 69
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved