Biratnagar, Morang, Nepal
२९ पुष २०८१, सोमवार
+977 21 450305, 515728, 578305
समाज

मन्दीको निराशालाई चिरेर सरकार अघि बढ्छ : मुख्यमन्त्री कार्की

उद्‌घोष सम्वाददाता
४ साउन २०८१, शुक्रवार

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले उद्योग एवं व्यापार व्यवसायको क्षेत्रमा देखिएको मन्दी र निराशालाई चिरेर सरकार अगाडि बढ्ने बताएका छन् ।

शुक्रबार विराटनगरमा माहेश्वरी महिला मञ्चले आयोजना गरेको श्रावण मेलाको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले सरकार अव नयाँ परिस्थिति अनुसार अगाडि बढेकाले निराशा र मन्दीलाई कम गर्ने बताए ।

उनले संघ र प्रदेशमा नयाँ परिस्थिति अनुसार सरकारको स्थायित्व दिनेगरी राजनीति अगाडि बढेकाले अब आम व्यवसायी र नागरिकमा उत्साह आउने भणाइ राखे ।

विराटनगर आर्थिक क्षेत्रका लागि महत्त्वपूर्ण भए पनि आफ्नो क्षमताअनुसार काम गर्न नसकेको र विराटनगरले आर्थिक क्षेत्रलाई अगाडि बढाउने गरि काम गर्न आग्रह गरे ।

हाम्रा सामाजिक सोच र चिन्तनले महिलाहरुलाई पछाडि पारिएको चर्चा गर्दै महिलाहरुलाई अवसर दिएमा पुरुषभन्दा राम्रो काम गर्न सक्ने मुख्यमन्त्री कार्कीले बताए ।

समाजमा महिलाहरुले गरेका काम उदाहरणीय रहेको बताउँदै माहेश्वरी महिलाहरुले पनि समाज परिवर्तन र व्यवसायिक क्षेत्रमा राम्रो काम गरेको भम्दै प्रशंसा गरेका थिए ।

कार्यक्रममा मञ्चकी अध्यक्ष ललिता जाजुले महिलालाई आत्मनिर्भर बनाउन र समाज सेवामा लाग्नका लागि संस्थाले प्रेरणा दिने गरेको बताइन । व्यावसायिक क्षेत्रमा समेत महिलाले उदाहरणीय काम गरेको जानकारी उनले दिइन ।

दुई दिनसम्म संचालन हुने मेलामा महिलाले गरेका उद्यमका विभिन्न स्टलहरु छन् । स्टलमा गरगहनादेखि कपडा एवं सजाव‍टका सामाग्री प्रदर्शनीमा छन् ।

View : 123

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved