धनकुटा । चलन चल्तीको मुल्य चालिस लाख रुपैयाँ पर्ने घडेरी एक लेखापढी ब्यवसायीले ४० हजारमा रुपैंयामा राजिनामा पास गरेको आरोपमा जिल्ला प्रशासन कार्यालय धनकुटामा बुधबार उजुरी परेको छ ।
विराटनगर महानगरपालिका–४ का ४४ वर्षीय महेश रायले प्रशासन कार्यालयमा निवेदन दर्ता गराउदै लेखापढी व्यवसायी पुष्पराज कटुवालविरुद्ध छानबिन र कानुनी कारबाहीको माग गरेका छन् ।
कटुवाल मालपोत कार्यालय धनकुटामा लेखापढी ब्यवसायीका रुपमा कार्यरत छन् ।
धेरै वर्षदेखि मालपोत नतिरेको र नातागोता कोहीपनि नभएका ब्यक्तिको जमिन रहेको थाहा पाएर कटुवालले चलाखी गरेको पाइएको छ ।
निवेदन अनुसार महेश रायका बडाबाबु स्वर्गीय कुबेरबहादुर राय क्षेत्रीको नाममा रहेको धनकुटा नगरपालिका–४ स्थित करिब एक रोपनी दुई आना घडेरी कटुवालले आङ्खनो नाममा राजिनामा पास गराएका थिए ।
धनकुटामा अर्काको घरमा बस्दै आएका क्षेत्री धनकुटा छाडेर मोरङ बयरवनमा आफन्तको घरमा २० वर्षदेखि बस्दै आएका थिए ।
क्षेत्रीको खोजी गर्दै मोरङ झरेका कटुवालले उनलाई जेष्ठ नागरिकको परिचयपत्र र हराएको नागरिकताको प्रमाणपत्र बनाई दिने बहानामा धनकुटा पुर्याएका थिए ।
कटुवालले दिएको ४० हजार मध्ये झण्डै दुई वर्षपछी मृत्यु भएका क्षेत्रीको जोगीमा अझै २० हजार रुपैंया बाँकी रहेको पाइएको छ । बडाबाबुको कृयाकर्म गरेर महेश उनको नामको जमिन खोजी गर्दै धनकुटा पुगेका हुन् ।
बडाबाबु बुबा जीवित रहदा २०८१ पुष १७ गते जमिनको थैली ६ लाख ७५ हजार उल्लेख गरेर ४० हजार रुपैयँ लिएर कटुवाललाई जिम्मा लगाइएको निवेदनमा उल्लेख छ ।
जमिन नामसारी गराउंने क्रममा ७० वर्षीय बिरामी रायलाई कटुवालले मादक पदार्थ पनि खुवाएको उनका भतिजा महेशको दाबी छ । उक्त रकम फिर्ता गरी जग्गा आङ्खनो परिवारकै नाममा रहने परिवारमा समझदारी रहेको महेशले बताए ।
निवेदनमा कटुवालले जग्गा फिर्ता नगरी जालसाजीपूर्वक आङ्खनो नाममा राजीनामा पास गराएको आरोप लगाइएको छ ।
कटुवालले अशिक्षित र वृद्ध अवस्थाको फाइदा उठाएर जग्गा नामसारी गराएको आरोप लगाउदै महेशले उक्त लेनदेनको छानबिन गरी कानुन बमोजिम कारबाही गर्न माग गरेका छन् ।
उजुरी दर्तापछि जिल्ला प्रशासन कार्यालयले बुधबार नै दुवै पक्षलाई बोलाएर छलफल गराएको छ । छलफलका क्रममा आरोपित लेखापढी व्यवसायी पुष्पराज कटुवालले जेष्ठ नागरिकबाट उक्त जग्गा लिएको स्वीकार गरे पनि आफूले कुनै गैरकानुनी कार्य नगरेको बताएका छन् ।
प्रशासन स्रोतका अनुसार उनले थैली बापतको रकम फिर्ता गरिए जग्गा पनि फिर्ता गर्न सकिने धारणा राखेका छन् ।
दुवै पक्षबीच सहमति हुन नसकेपछि प्रशासन कार्यालयले थप छलफलका लागि बिहीबार पुनः उपस्थित हुन दुवै पक्षलाई बोलाएको जनाएको छ ।
परिवारका सदस्य बिनै जेष्ठ नागरिकबाट कसैले जमिन राजिनामा पास गर्छ भने यसमा मालपोत कार्यालयका कर्मचारीको पनि कम्जोरी हुने अधिवक्ता कमल लामाले बताए ।
लेखापढी ब्यवसायी कटुवालले भनें आफुले ललाई फकाई नभई आङ्खना नातेदारले भनेकाले जमिन नामसारी गराएको उद्घोषलाई बताए ।
‘मेरो पनि जमिन पासमा खर्च भएको छ, हामी सहमतिमै जमिन फिर्ता गर्ने पक्षमा पुगेका छौं’ उनले भने । आफु लेखापढी ब्यवसायी भएकैले जेष्ठ नागरिकबाट जमिन हत्याउनु भएको हो ? भन्ने प्रश्नमा उनले भने–‘अरु कुरा भेटेरै गरौंला ।’
View : 37
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved