Biratnagar, Morang, Nepal
१५ वैशाख २०८१, शनिवार
+977 21 450305, 515728, 578305
साहित्य

नेवाः खलः कास्कीलाई २ लाख राशीको सुर्दशन-कपिला सिरपा ११४४ सम्मान प्रदान

उद्घोष सम्वाददाता
२ चैत २०८०, शुक्रवार

विराटनगर । नेपाल भाषा संस्कृति संरक्षणमा विशेष योगदान पुर्‍याएको भन्दै नेवाः खलः कास्कीलाई २ लाख रुपैयाँको सुर्दशन- कपिला सिरपा ११४४ सम्मान प्रदान गरिएको छ ।

नेपाल भाषा तथा संस्कृति संघ विराटनगरले शुक्रबार विराटनगरमा विशेष समारोहको आयोजना गरि नेवाः खलः कास्कीलाई उक्त सम्मान प्रदान गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि कांग्रेस नेता एव पूर्व गृहमन्त्री विजयकुमार गच्छदार, कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरणमन्त्री गणेश उप्रेतीले नेवाः खलः कास्कीका अध्यक्ष अशोक पालिखेलाई सुर्दशन- कपिला सिरपा ११४४ सम्मान हस्तान्तरण गरेका हुन् ।

नेपाल भाषा तथा संस्कृति संघ विराटनगरका अध्यक्ष भविष कुमार श्रेष्ठले नेपाल भाषा संस्कृति संरक्षण र जगेर्नामा लामो समयदेखि योगदान पुर्‍याएकाले नेवाः खलः कास्कीलाई नगद २ लाख सहितको सुर्दशन- कपिल सिरपा ११४४ बाट सम्मानित गरिएको बताए । सुर्दशन- कपिला ट्रष्टले स्थापना गरेको सम्मान नेपाल भाषा तथा संस्कृति संघ विराटनगर मार्फत नेवाः खलः कास्कीलाई हस्तान्तरण गरिएको जनाइएको छ ।

यसअघि सोही सम्मान नेवा परिषद् सिक्किम र युग पुरुष सत्यमोहन जोशीलाई प्रदान गरिएको थियो ।

View : 95

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved