Biratnagar, Morang, Nepal
२९ पुष २०८१, सोमवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

दन्त परीक्षण तथा दन्त स्वास्थ्य सचेतना कार्यक्रम

उद्‌घोष सम्वाददाता
२६ साउन २०८१, शनिवार

विराटनगर । लायन्स क्लब अफ विराटनगर एलिटले निःशुल्क दन्त परीक्षण तथा दन्त स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न गरेको छ  । 

‘नेपाल लायन्स डे’ को अवसर पारेर आयोजना गरिएको कार्यक्रममा विराटनगर–१० स्थित वुमन्स क्रिएशन संस्थाको संरक्षणमा रहेका पाँच वर्षदेखि १२ वर्षसम्मका ३५ जना बालबालिकाको दन्त परीक्षण गरिएको हो । 

बालबालिकाले आफ्ना दाँत कसरी स्वस्थ राख्न सक्छन् भन्ने विषयमा सचेतना समेत आयोजना गरिएको लायन्स क्लब अफ विराटनगर एलिट क्लबकी अध्यक्ष लायन  शकुन्तला भट्टराईले जानकारी दिइन् । 

उनीहरूलाई डेन्टल केयर र क्लबको तर्फबाट दन्त स्वास्थ्य बारेमा सचेतना प्रदान गर्नुका साथै १४ जना बालबालिकालाई थप स्वास्थ्य सेवाको सुझावसहित ब्रस र मन्जन प्रदान गरिएको लायन्स क्लब अफ विराटनगर एलिट क्लबकी अध्यक्ष लायन शकुन्तला भट्टराईले जानकारी दिइन् ।

सेवा प्रदान गरिएका बालबालिका घरेलु कामदार महिलाका छोरा–छोरी हुन् । उनीहरूको संरक्षण गर्ने वुमन्स क्रिएशन मारवाडी समुदायका स्वयंसेवी महिलाहरूको समुह हो । जसले आफ्नो संरक्षणमा रहेका बालबालिकाको शिक्षा, आध्यात्मिक, योग अभ्यास एवं कला संस्कृतिको ज्ञान समेत प्रदान गर्ने व्यवस्था गर्दै आएको छ ।

विराटनगर–३ पानीटंकीस्थित नौलखा डेन्टल केयर एवं डा. नूतन नौलखा र डा. रिङ्की अग्रवालको प्राविधिक समन्वयमा दन्त परीक्षण तथा स्वास्थ्य सचेतना कार्यक्रम आयोजना गरिएको जनाइएको छ ।

सन् २०१८ मा स्थापना भई सामाजिक सेवामा समर्पित रहेको लायन्स क्लब अफ विराटनगर एलिटमा विराटनगरका प्रतिष्ठित चिकित्सक, उद्यमी–व्यवसायी, बीमा व्यवसायी र सामाजिक व्यक्तित्वको संलग्नता छ । 

कार्यक्रममा डिस्ट्रिक्ट ३२५ सी का गभर्नर लायन विकास अधिकारीको प्रमुख आतिथ्यता सहित अन्य लायन प्रतिनिधिहरू, क्लबका सदस्यहरू, वुमन्स क्रिएशनका प्रतिनिधिहरू समेतको सहभागिता रहेको थियो ।

View : 121

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved