Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
खेलकुद

कार्यकाल सकिएपछि कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव बस्नेतको विदाई

उद्‌घोष संवाददाता
२५ असोज २०८२, शनिवार

विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम) कार्यकाल सकेर विदाई भएका छन् ।

शुक्रबार बस्नेतलाई बोर्डको परिसरमा बोर्डको स्थापना दिवसका अवसरमा विदाई गरिएको हो ।

विदाई समारोहमा बोल्दै सदस्य सचिव बस्नेतले आफ्नो कार्यकालमा बोर्डले स्थापनादेखि १४ जिल्लामा खेलकुद विकास समिति विस्तार, खेल संरचनाहरूको निर्माण, अभिलेखीकरण लगायतको गतिविधि गर्दै आएको बताए ।

उनले आफ्नो कार्यकालमा झन्डै ३९ वटा प्रदेश स्तरीय र एक राष्ट्रिय स्तरीय प्रतियोगिता आयोजना गर्न सफल भएको दाबी गरे । साथै, बोर्डले पारा खेलकुद, योगा र बागचाल जस्ता खेलको प्रवर्द्धनका लागि पहल लिएको पनि बताए ।

२०७८ असोज २५ मा कोशी प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिव नियुक्त भएका बस्नेतलाई पूर्वमुख्यमन्त्री राजेन्द्र राई नेतृत्वको सरकारले बर्खास्त गरेपछि अदालतबाट २०८१ बैशाख १९ मा पुनर्बहाली भएका थिए । 

विदाई कार्यक्रममा बोल्दै प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले प्रदेश सरकारले खेलाडीहरू र खेल पूर्वाधारका लागि लगानी बढाउँदै लैजाने प्रतिबद्धता जनाए ।

समारोहमा सदस्य सचिव बस्नेतसँगै बोर्डका उपाध्यक्ष र सदस्यहरूको बिदाई गरिएको थियो ।

View : 263

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved