Biratnagar, Morang, Nepal
२६ पुष २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
आर्थिक

‘मोरङ व्यापार संघ एक्स्पो’ को तयारी तिब्र

उद्‌घोष सम्वाददाता
१७ मंसिर २०८०, आइतवार

विराटनगर : मोरङ व्यापार संघले यस बर्षदेखि संघकै नामबाट गर्न लागेको एक्स्पोमा स्टल राख्न उद्योग तथा व्यापारीहरुका लागि स्टल खुल्ला गरेको छ । एक्स्पोको तयारी समेत तिब्र पारिएको जनाइएको छ । 

आउँदो पुस ६ गतेदेखि विराटनगर महानगरपालिका–२ शंकरपुर मार्गमा आयोजना हुने १० दिने ‘मोरङ व्यापार संघ एक्स्पो–२०२३’ मा अत्याधुनिक डोमभित्र २१० वटा स्टलसहित कुल २५० वटा स्टल रहने संघले जनाइसकेको छ । कोशी प्रदेशको व्यापार प्रवर्द्धन र आर्थिक क्षेत्रको विकास गर्ने उद्देश्यले संघले एक्स्पो आयोजना गर्न लागेको हो । 

एक्स्पोमा रहने स्टलहरुको बुकिङ धमाधम भइरहेको एक्स्पो संयोजक एवं संघका उपाध्यक्ष अनिलकुमार साहले जानकारी दिए । उनले एक्स्पो लाग्ने शंकरपुर मार्गमा स्टल जडानका लागि ठाउँ तयारी गरिरहेको पनि बताए । साहका अनुसार ग्रामीण क्षेत्रका कृषि उद्यमीहरुका लागि १० वटा स्टल भने निःशुल्क गरिएको जनाएका छन् । 

बाँकी रहेका २४० स्टलहरु मध्ये २१० वटा स्टल डोमभित्र रहने छन् । त्यस बाहेकका स्टलहरु अटोमोबाइल्सका छुट्याइएको एक्स्पोका सहसंयोजक एवं संघका सचिव सञ्जय श्रेष्ठले बताए ।

एक्स्पोमा करीव ४ लाख मानिसले अवलोकन गर्ने र त्यसबाट १५ करोडको कारोवार हुन लक्ष्य राखिएको संघले जनाएको छ । 

एक्स्पोमार्फत स्वदेशी उत्पादन, कृषि, पर्यटन, ऊर्जालगायत अन्य सम्भावित क्षेत्रहरुको प्रवर्द्धन जोड दिइएको जनाइएको छ ।

View : 182

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved