Biratnagar, Morang, Nepal
१२ जेठ २०८२, सोमवार
+977 21 450305, 515728, 578305
समाज

मानगढ खानेपानी मतगणना जारी

६६६ मत गन्दा अध्यक्षमा लालमणीको अग्रता

उद्‌घोष सम्वाददाता
११ जेठ २०८२, आइतवार

विराटनगर । विराटनगर–३ स्थित मानगढ खानेपानी आयोजना संचालन गरिरहेको विराट खानेपानी उपभोक्ता संस्थाको अध्यक्षमा लालमणी भट्टराईले अग्रता कायम राखेका छन् । उनले मतगणनाको सुरुवातदेखि नै अग्रता बनाएका हुन् । 

पछिल्लो मत परिणाम अनुसार भट्टराईले ७२ मतले अग्रता कायम गरेका छन् । ६६६ मत गनिसक्दा भट्टराईले ३०५ मत प्राप्त गरेका छन् । 

अध्यक्षका प्रत्यासी राम बहादुर घिमिरेले २३३ मत प्राप्त गरेका छन् । त्यसैगरी दुर्गा चापागाईँले १०० मत प्राप्त गरेको जनाइएको छ ।

शनिबार राती साढे ११ बजेदेखि मत गणना सुरु भएको हो । मानगढ खानेपानी आयोजना अन्तरगत ५ हजार ९८८ उपभोक्ता मतदाताका रुपमा कायम रहेका थिए । निर्वाचनमा ३ हजार ९६४ मत अर्थात मतदाताको ६६ प्रतिशत मत मात्रै खसेको थियो ।

खुला उपाध्यक्ष र महिला उपाध्यक्षमा भने चापागाईँ प्यानलका भोला घिमिरे र सावित्रा पोखरेलको अग्रता रहेको छ । 

सचिवमा भट्टराई प्यानलकै प्रदीप कुमार नेपालले अग्रता बढाउँदै लगेको जनाइएको छ । कोषाध्यक्षमा चापागाईँ प्यानलका राजेन्द्र कुमार पोखरेल अघि रहेका छन् । अहिले विराटनगर महानगरपालिका–१ र केही वडा नम्बर ३ को मत गणना भइरहेको जनाइएको छ ।

उम्मेदवारहरूले गणना स्थल बढाउन माग गरेका छन् । दुईवटा गणना केन्द्र बनाएर मतगणना भइरहेका कारण ढिलो भएको भन्दै अध्यक्षका उम्मेवारहरूबीच गणना स्थल थप्ने बिषयमा छलफल भइरहेको जनाइएको छ ।

View : 296

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved