Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

मारवाडी युवा मञ्चको साताव्यापी अभियान सम्पन्न

उद्‌घोष संवाददाता
२ साउन २०८२, शुक्रवार

विराटनगर । मारवाडी युवा मञ्च विराटनगरले आयोजना गरेको सप्ताहव्यापी अभिायनका क्रममा विभिन्न कार्यक्रम गरिएका छन् । 

सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पहिलो दिन पूर्वाञ्चल बाल सेवा आश्रमका बालबालिकाका लागि भोजन सेवा एवं खाद्यान्न वितरण गरिएको थियो । 

सो कार्यक्रम अन्तर्गत युवा मञ्चले ३५ हजार बराबरको सेवा आश्रमलाई प्रदान गरेको जनाइएको छ ।

त्यसैगरी अभियानकै क्रममा मोरङको थलाहा ब्यारेकस्थित शिवदल गणमा वृक्षरोपण गरिएको छ । 

शिक्षा सदन माविमा ६ थान पंखासँगै शैक्षिक सामग्री वितरण गर्नुका साथै एसईई उत्तीर्ण गरेका चार जना छात्रालाई ११ हजार सहयोग प्रदान गरेको मञ्चले जनाएको छ । 

सपथ ग्रहण कार्यक्रममा युवा मञ्चले आफ्ना समाजका विद्यार्थीका लागि एक लाख बराबरको छात्रवृत्ति कोष खडा गरेको छ । 

त्यसैगरि नेत्रदान, रक्तदान तथा वृक्षारोपणका साथ विभिन्न रचनात्मक कार्यक्रम गर्ने घोषणा मञ्चका अध्यक्ष मोहित लालवानीले गरेका छन् । 

अभियानकै क्रममा मारवाडी समाजकी ज्येष्ठ महिला १०४ वर्षीया श्रीमती दुलारीदेवी अग्रवालको उपस्थितिमा मानवसेवा आश्रममा भोजन सेवा गरिएको मञ्चले जनाएको छ ।

त्यस्तै परमार्थ सिंघीया आरतीसेवालाई ११ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गर्नुका साथै आमाको माया छात्रावासका विद्यार्थीका लागि योग शिविर आयोजना गरिएको छ ।

अभियानको अन्तिम दिन श्रीकृष्ण गौशालामा गौ सेवा गरी युवा मञ्चले साताव्यापी कार्यक्रम समापन गरेको छ । 

सो अवसरमा गौशालालाई ५ हजार १ सय सहयोग प्रदान गर्नुका साथै युवा मञ्चको प्रथम कार्यसमिति बैठक पनि गरिएको जनाइएको छ ।

View : 602

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved