विराटनगर । विश्व छारे रोग सचेतना दिवसको अवसर पारेर विराटनगरस्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेशियलिटी हस्पिटलले बिहीबार जनचेतनामूलक र्यालीको आयोजना गरेको छ । नेपालमा छारे रोगका बारेमा व्याप्त सामाजिक अन्धविश्वास र भ्रमहरूलाई चिर्नु नै ¥यालीको मुख्य उद्देश्य रहेको अस्पतालले जनाएको छ ।
रयालीमा अस्पतालका अध्यक्ष एवं वरिष्ठ न्युरोलोजिस्ट डा. वीरेन्द्र कुमार विष्ट, अपरेसनल डाइरेक्टर राजेश भट्टराई, वरिष्ठ न्युरोलोजिस्ट डा. सुनन्द पौडेलसहित चिकित्सक, अस्पतालका कर्मचारी र न्यूरो हेल्थ कलेजका विद्यार्थीहरूको सहभागीता रहेको थियो ।
सहभागीहरूले बैजनी रंगको टी–सर्ट लगाएका थिए भने हातमा छारे रोग सम्बन्धि सचेतनामूलक नाराहरू लेखिएका प्लेकार्ड र ब्यानर बोकेका थिए ।
अस्पतालको प्राणबाट सुरू भएको र्याली अस्पताल चोक, जिल्ला प्रशासन कार्यालय, गोल्छा चोक, महेन्द्र चोक हुँदै नगरको विभिन्न भागको परिक्रमा गरी पुनः अस्पतालमै पुगेर समापन भएको थियो ।
समापन कार्यक्रममा बोल्दै वरिष्ठ न्युरोलोजिस्ट डा. सुनन्द पौडेलले छारे रोगको बारेमा समाजमा अझै पनि धेरै भ्रमहरू रहेको बताए ।
उनले छारे रोग देवी–देउता रिसाएर वा कुनै जंगली लागेर हुने समस्या नभइ यो मस्तिष्कमा हुने केही रासायनिक परिवर्तन र असन्तुलनका कारण हुने एक प्रकारको समस्या भएको बताए ।
डा. पौडेलले भने, धेरै मानिसहरू अझै पनि मन्दिरमा बलि चढाएर वा झारफुक गरेर छारे रोग निको हुन्छ भन्ने अन्धविश्वासमा छन्, तर त्यसले रोग निको हुँदैन ।
छारे रोग पूर्ण रूपमा निको हुने रोग हो । यसका लागि नियमित स्वास्थ्य परीक्षण र न्युरो विशेषज्ञको सल्लाह बमोजिम औषधिको सेवन अनिवार्य छ ।
२५ वर्षदेखि न्युरो सेवामा उत्कृष्ट पहिचान बनाएको सो अस्पतालले बिहीबारदेखि छारे रोगका बिरामीहरूका लागि विशेष सहुलियत सहितको स्वास्थ्य सप्ताह पनि सुरू गरेको जनाएको छ ।
View : 198
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved