Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
प्रविधि

सामसङद्वारा ५६  विद्यार्थीलाई प्रमाणपत्र वितरण

उद्‌घोष संवाददाता
६ भदौ २०८२, शुक्रवार

विराटनगर । सामसङले आफ्नो प्रमुख सीएसआर पहल, सामसङ इनोभेसन क्याम्पस अन्तर्गत कोडिङ र प्रोग्रामिङ कोर्सको तेस्रो ब्याच सफलतापूर्वक पूरा गरेका त्रिभुवन विश्वविद्यालय अन्तर्गत पूर्वीय इन्जिनियरिङ क्याम्पसका ५६ विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गरेको छ ।

यसैको साथै, अब नयाँ ब्याचको आइ तथा बीग डाटाको तालिम सुरु हुनेछ जसले गर्दा विद्यार्थीहरू भविष्यका लागि आवश्यक दक्षताहरूसँग दक्ष हुनेछन् । 

सामसङ इनोभेसन क्याम्पसले नेपालका युवाहरूलाई एआई, आईओटी, बीग डाटा र कोडिङ तथा प्रोग्रामिङमा तालिम दिन्छ ।

साथै, विद्यार्थीहरूले  एआई, बीग डाटा, कोडिङ तथा प्रोग्रामिङ, र आईओटी जस्ता प्रविधिहरू प्रयोग गरी वास्तविक संसारका चुनौतीहरूको समाधान गर्ने सामाजिक महत्वका परियोजनाहरूमा पनि काम गर्छन् ।

त्रिभुवन विश्वविद्यालयका कुलपति प्राडा दीपक अर्याल, पूर्वीय क्याम्पस प्रमुख डा सञ्जय उप्रेती र इन्जिनियरिङ अध्ययन संस्थाका डीन प्राडा सुशील बी बज्राचार्यको उपस्थितिमा एक कार्यक्रम आयोजना गरी विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गरियो ।

सामसङ नेपाल कार्यालयका मानवस्रोत प्रबन्धक, जयन्त मणि कायस्थले भने, कोडिङ र प्रोग्रामिङको तेस्रो ब्याच सफलतापूर्वक पूरा भएकोमा हामी खुसी छौं । 

सामसङ इनोभेसन क्याम्पसले नेपाली युवाहरूलाई भविष्यमुखी सीपहरूले सशक्त बनाउँदै आएको छ । 

त्रिभुवन विश्वविद्यालयसँगको सहकार्यमा हामी एआई, बीग डाटा र आईओटीको तालिमलाई अझ बलियो बनाउने र विद्यार्थीहरूलाई भविष्यको रोजगारीको लागि तयार गर्न लक्ष्य राखेका छौं ।

तीन वर्ष अघि त्रिभुवन विश्वविद्यालयमा सुरु भएको सामसङ इनोभेसन क्याम्पसले नेपाली युवाहरूलाई एआई, आईओटी, बीग डाटा र कोडिङ र प्रोग्रामिङमा तालिम दिई एक बलियो प्रविधि र नवीनताको इकोसिस्टम निर्माणमा योगदान दिइरहेको छ ।

एल्गोरिदम, डाटा स्ट्रक्चर र प्रोग्रामिङको ज्ञानको आधारमा विद्यार्थीहरूको छनोट गरिन्छ ।

इन्जिनियरिङ अध्ययन संस्थाका डीन, प्राडा सुशील बी. बज्राचार्यले भने, ‘नेपालमा यो प्रतिष्ठित कार्यक्रम सञ्चालन गर्न सामसङसँग सहकार्य गर्न पाउँदा हामी गौरवान्वित छौं ।’

View : 331

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved