Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा

उद्घोष सम्वाददाता
११ असोज २०८१, शुक्रवार

काठमाडौँ, ११ असोज । सरकारले उखु र दूध किसानको बक्यौता रकम भुक्तानीको प्रक्रिया अघि बढाएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पहलमा अर्थ मन्त्रालयले आज उखु किसानका लागि एक अर्ब ४५ करोड ३२ लाख र दुध किसानको भुक्तानीलगायतका लागि ६० करोड निकासा गरेको मन्त्रालयले जनाएको छ ।

यसअघि पनि कृषि मन्त्रालयको पहलमा मन्त्रिपरिषद्को बैठकले दूध किसानको रकम भुक्तानीका लागि दुग्ध विकास संस्थान (डिडिसी) लाई उक्त रकम ऋण दिने निर्णय गरेको थियो ।

मन्त्रालयका अनुसार आठ जिल्लाका उखु किसानको गतवर्षको रकम भुक्तानीका लागि जिल्लाका कोष तथा लेखा नियन्त्रकको कार्यलयमार्फत किसानकै बैक खातामा रकम जाने व्यवस्था गरिएको छ ।

कञ्चनपुर, नवलपरासी पश्चिम, सुनसरी, सिराहा, सर्लाही, महोत्तरी, रौतहट र बाराका उखु किसानले अब सरकारले उपलब्ध गराउँदै आएको गतवर्षको अनुदान रकम पाउने भएका हुन् ।

त्यस्तै लामो समयदेखि दूध बिक्री गरे वापतको रकम पाउन नसकेका दूध किसानलाई पनि सरकारले प्रदान गरको ऋणमार्फत रकम प्रदान गरिने दुग्ध विकास संस्थानका महाप्रबन्धक सूर्यप्रसाद पौडेलले वताए ।

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीकै पहलमा सरकारले डिडिसीलाई ऋण उपलब्ध गराउने निर्णय गरको हो । उनले उखु किसानको अनुदान रकम भुक्तानीलाई पनि ताकेता गरेका थिए ।

मन्त्री अधिकारीले दसैँ अघिनै किसानको रकम भुक्तानी गर्ने प्रतिबद्धता व्यक्त गर्दै आएका थिए । रासस

View : 72

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved