Biratnagar, Morang, Nepal
३१ वैशाख २०८१, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

कोशीमा कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा तामाङ

उद्घोष सम्वाददाता
२७ चैत २०८०, मङ्गलवार

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्वव थापाले प्रमुख सचेतकमा सांसद गोपाल तामाङलाई नियुक्त गरेका छन् ।

थापाले मंगलबारको मितिमा तामाङलाई प्रमुख सचेतक नियुक्ति गरेको जानकारी प्रदेश सभा सचिवालयमा समेत गराएका छन् । 

नेपाली कांग्रेस संसदीय दलमा तत्कालीन प्रमुख सचेतक भूपेन्द्र राईले थापाप्रति असहमति जनाउँदै प्रमुख सचेतकका रुपमा प्राप्त गरेको गाडी सुविधा समेत फिर्ता गरेका थिए ।

झण्डै ६ महिनायता रिक्त रहेको कांग्रेसको प्रमुख सचेतकमा दलका नेता थापाले तामाङलाई नियुक्त गरेका हुन् ।

प्रमुख सचेतकमा नियुक्त भएका तामाङ पनि दलका नेता थापाकै जिल्ला झापाका हुन् । तामाङ झापाको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा क्षेत्र १ बाट निर्वाचित सांसद हुन् ।

View : 90

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved