केराबारी : आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्दै पर्यटन प्रवर्द्धनमा जोडदिने उद्देश्यले निर्माण गरिएको मोरङको मिक्लाजुङ–३ टाँडीको निसेलुङ पार्क पर्यटकहरुको रोजाईको नयाँ गन्तब्य बन्दै गएको छ ।
प्राकृतिक रुपमा आफैमा पर्यटकीय क्षेत्रको रुपमा रहेको मिक्लाजुङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन फरक सोचका साथ निसेलुङ पार्क निर्माण गरी संञ्चालनमा आएसँगै पर्यटकहरुको आकर्षणको केन्द्र बन्दै गएको हो ।
निसेलुङ पर्यटकीय क्षेत्र संरक्षण एबं प्रवर्द्धन समितिमार्फत निर्माण गरी सञ्चालनमा आएको सो पार्कको संघीय सरकारका युवा तथा खेलकुद मन्त्री मोरङ क्षेत्र नं १ वाट निर्वाचित सांसद डिकवहादुर लिम्बूले गत कात्तिक १९ गतेदेखि सो पार्कको औपचारिक उद्घाटन गरेका थिए । चुरे पहाडको फेदीमा पहाडको काखमा रहेको मिक्लाजुङ गाउँपालिकाको वडा नं १ को सम्पूर्ण भूभाग र २, ४ र ५ वडाहरुको केही भूभाग पहाडी क्षेत्रमा रहेको छ ।
बाँकी सबै वडाहरु समथर भागमा छ । नेसेलुङ पार्क ३ नम्बर वडामा पर्छ । यस वडामा ९५ प्रतिशत मानिसहरु लिम्बू समुदायका छन् । निसेलुङ लिम्बू भाषाबाट आएको शव्द हो । जसको अर्थ सत्यढुंगा भन्ने हुन्छ । पार्क क्षेत्रमा स्थानीय समुदायको भाषा संस्कृतिलाई सर्म्बद्धन गर्दै अग्लो ठूलो ढुंगा पनि राखिएको हुनाले निसेलुङ नामकरण गरिएको गाउँपालिकाका पूर्व उपाध्यक्ष सरला राईले वताइन् ।
मोरङको पहाडी क्षेत्र यो झापा र इलामको संगम क्षेत्र हो । चुरे तराईको पहाडको काखमा रहेको यो पार्क पूर्वपश्चिम राजमार्ग अन्तर्गत उर्लाबारी चोक या किसान चोकबाट झण्डै १४ किलोमिटर उत्तर पक्की सडक हुँदै केही कच्ची सडक पार गरेपछि सहजै पुग्न सकिन्छ । तराईको समथर मैदानी क्षेत्रबाट डेढ किलोमिटर माथि पहाडको काखमा छ ।
मोरङ १ का संघीय सांसद तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट १० लाख, समितिका अध्यक्ष खगेन्द्र मादेनले २५ लाख, मिक्लाजुङ गाउँपालिकाले १० लाख र निवर्तमान प्रदेश सांसद कुलप्रसाद साम्बा लिम्बूले कोषबाट ३१ लाख २५ हजार र जनसमुदायबाट १५ लाख ६५ हजार रुपैयाँ सहयोग शिलालेखमा उल्लेख भएपनि पार्क निर्माणमा हालसम्म डेढ करोड वढी पार्क निर्माणका लागि स्थानीय शेरबहादुर लिङ्देनले ७ रोपनी, बृखबहादुर साम्बाले ३ रोपनी र बुद्धिमान जबेगूले पाँच आना जमिन उपलब्ध गराएको थिए ।
पार्कको पूर्बााधार विकाससँगै पार्क संञ्चालनलाई व्यवस्थित बनाउन प्रवेश शुल्क १०० रुपैयाँ समितिले लिदै आएको छ । पार्क संञ्चालनमा आएको दिन समितिले १ लाख ३ हजार रुपैयाँ वढी आम्दानी गरेको र दैनिक ५० हजार वढी प्रवेश शुल्क उठ्ने गरेको पार्क सञ्चालक समितिका अध्यक्ष खगेन्द्र मादेनले वताए । पार्कमा ५ तले भ्युटावर समेत निर्माण गरिएको छ ।
भ्युटावरबाट तराई, मधेश र सूर्योदयको दृश्य अवलोकन गर्न सकिने भएकाले कोशी प्रदेशका सुनसरी, झापा, इलाम, पाँचथर, सिराह, सप्तरी चितवनलगायत भारतको सीमावर्ति क्षेत्रबाट समेत पर्यटक आउने क्रम बढेको मिक्लाजुङ गाउँपालिकाका निवर्तमान उपाध्यक्ष सरला राईले वताइन् ।
निसेलुङ(सत्य ढुंगा) नाम दिइएको सो पार्क क्षेत्रमा फरक सोचका साथ ५२ लाखको लागतमा निर्माण गरिएको उल्टो घर मूख्य आर्कषणको केन्द्र बनेको छ । पार्क संञ्चालनमा आएको एक महिना यता संरक्षण समितिले दैनिक सरदर ७० हजार रुपैयाँ आम्दानी गर्दै आएको छ ।
निसेलुङ(सत्य ढुंगा) पार्क आफैंमा पर्यटकीय हो । उल्टो घर निर्माण गर्दा मानिसहरुमा विभिन्न कौतुहल्ता जाग्ने भएकाले झण्डै १ विघा वढी क्षेत्रफलमा सो पार्क संञ्चालनमा आएको हो ।
निर्माणाधिन अवस्थामा रहेको सो पार्क भित्र पर्यटकका लागि ५ तले भ्युटावर, चिल्ड्रेन पार्क, पिङ, फाउण्डेशन र मिसिलुङ मन्दिर निर्माण गरिएको छ । उनका अनुसार पर्यटकलाई राति बास बसाउनका लागि समितिले गेष्ट हाउस र सेमिनार भवन निर्माण गर्ने लक्ष्य रहेको जनाएको छ ।
निसेलुङ पार्क निर्माण कम्पनीका सञ्चालक इन्द्रमणि भट्टराईले भने यो भवन निर्माणका लागि भारतको जलपाइगुढीबाट कालीगढ र इन्जिनियर ल्याएर बनाएका हौं । इन्जिनियर भट्टराइले केराबारी अनलाइन खवरसँंग कुरा गर्दै भने निसेलुङ पार्कले समितिलाई वार्षिक ३ लाख शुल्क तिर्ने सर्तमा १० वर्षका लागि लिजमा लिएको हो ।
View : 249
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved