विराटनगर । सिजी ब्रान्डले 'आफ्नो सिजीको साथमा वल्र्डकप टिकट हातमा योजना' अन्तर्गत तेस्रो चरणका विजेता सार्वजनिक गरेको छ ।
आगामी आईसीसी टी–२० पुरूष विश्वकपलाई लक्षित गर्दै ल्याइएको सो योजनामा सहभागी ग्राहकहरूमध्ये डिजिटल गोलाप्रथाद्वारा तेस्रो चरणका लागि एक जना भाग्यशाली विजेता छनोट गरिएको कम्पनीले जनाएको छ ।
यस तेस्रो चरणको डिजिटल गोलाप्रथामार्फत काठमाडौंका सुवर्ण खरेलले बम्पर उपहार विजेता बन्न सफल भएका छन् । हाल नारायणस्थान, गणेशचोक, काठमाडौं निवासी सुवर्ण खरेलले सिजी डिजिटल, बसुन्धराबाट सीजी ब्रान्डको वासिङ मेसिन खरिद गरी सहभागिता जनाएका थिए ।
कम्पनीका अनुसार विजेताले ५ दिने मुम्बई भ्रमणको पूर्ण प्याकेज प्राप्त गर्नुहुनेछ । यस भ्रमण प्याकेजमा काठमाडौं–मुम्बई दुईतर्फी हवाई टिकट, तारे होटेलमा बसाइ, खानपिन र मुम्बई सिटी टुर समावेश छ ।
साथै, मुम्बईको वानखेडे रङ्गशालामा हुने आईसीसी टी–२० पुरूष विश्वकपअन्तर्गत नेपाली टोलीको १ खेलको टिकटसमेत समावेश गरिएको छ ।
View : 78
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved