Biratnagar, Morang, Nepal
२३ जेठ २०८२, शुक्रवार
+977 21 450305, 515728, 578305
समाज

बालुवामुनीबाट ११ सय किलो गाँजा बरामद

उद्‌घोष सम्वाददाता
२१ जेठ २०८२, बुधवार

विराटनगर । प्रहरीले सुनसरीको हरिनगरा गाउँपालिकास्थित कटान खोलाको बगरमा गाडिएको ३८ बोरा (१ हजार १२० किलो) गाँजा बरामद गरेको छ । 

नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले बगरमा पुरेर राखेको उक्त गाँजा खनेर निकालेको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक योगराज खतिवडाका अनुसार आइतबार साँझ करिव ५ बजेतिर कटान खोलाको बगरमा बालुवामुनि गाँजा लुकाएर राखेको भन्ने सूचना प्रहरी चौकी घुस्कीमा प्राप्त भएको थियो । 

सोही सूचनालाई पछ्याएको ४० जनाको प्रहरी टोलीले कटान खोलाको बगरमा गाडिएको अवस्थामा गाँजा बरामद गरेको जनाइएको छ ।

View : 92

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved