Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

रास्वपाका कार्यकर्ताले झन्डा जलाइएकामा एमालेको ध्यानाकर्षण

उद्‌घोष संवाददाता
८ फागुन २०८२, शुक्रवार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले बिहीबार राति दाङको तुल्सीपुरमा आफ्नो चुनाव चिह्न ‘सूर्य’ अंकित झन्डा जलाएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

एमालेका केन्द्रीय प्रचार संयोजक मीनबहादुर शाहीले शुक्रबार विज्ञप्ति जारी गरी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अपाच्य शब्दसहित नाराबाजी तथा महासचिव शंकर पोखरेलको गृहनगरमै रास्वपाका कार्यकर्ताले गरेको यो शैली राज्य, जनता, लोकतन्त्र र संविधानविरुद्धको अपराधजन्य कार्य भएको उल्लेख गरेका छन् ।

उक्त घटनामा संलग्नलाई कानुनी कारबाही गर्न एमालेले माग गरेको छ । 

यो घटनापछि एमाले निकट युवा संघ र युवा भोल्यून्टियर्यले विज्ञप्ति निकालेर संलग्नहरुलाई कारवाही नगरे आन्दोलनमा उत्रिने चेतावनी दिइसकेको छ ।

View : 128

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved