Biratnagar, Morang, Nepal
२९ पुष २०८१, सोमवार
+977 21 450305, 515728, 578305
समाज

तीजमा सँगिनी नृत्य प्रतियोगिता

उद्‌घोष सम्वाददाता
२० भदौ २०८१, बिहिवार

सोलुखुम्बु । हिन्दु नारीहरूको पर्व हरितालिका तीजका अवसरमा सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका–२ स्थित विपी संस्कृत माविमा पारम्पारिक सँगिनी नृत्य प्रतियोगिता आयोजना गरिएको छ ।

नेचा सल्यान गाउँपालिकाको सहयोग तथा नवज्योति महिला समूहले आयोजना गरेको सो प्रतियोगितामा विपी संस्कृत मावि समूह प्रथम भएको छ  । 

प्रतियोगितामा नेचा समूह दोस्रो र पुराना गाउँ समूहले तेस्रो स्थान हासिल गरेको जनाइएको छ । 

प्रथम हुने समूहलाई ५ हजार, दोस्रो हुनेलाई ४ हजार र तेस्रो  हुने समूहलाई ३ हजार नगद पुरस्कार प्रदान गरिएको छ । साथै सान्त्वना हुनेलाई दुई हजार र सहभागीहरूलाई एक हजार नगद र प्रमाणपत्र प्रदान गरिएको जनाइएको छ ।

प्रतियोगितामा गाउँपालिका भरिका ८ वटा सँगिनी समूहको सहभागिता रहेको विपी संस्कृत मावि व्यवस्थापन समिति सदस्य पवित्रा दाहालले जानकारी दिइन् ।

सो अवसरमा खुला नृत्य प्रतियोगितामा पनि आयोजना गरिएको थियो ।

View : 380

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved