विराटनगर । नेपाल उद्योग परिसंघ (सीएनआई) कोसी प्रदेशको फेसबुक एकाउन्ट ह्याक भएको छ । सीएनआईका महानिर्देशक विजयहरि शर्माले फेसबुक एकाउन्टमा ह्याक भई अनधिकृत व्यक्ति वा समूहले सो एकाउन्टमा अनर्गल तस्बिरहरू पोस्ट गरिरहेको बताएका छन् । उनले बुधवार विज्ञप्तिमार्फत एकाउन्ट ह्याक भएको जानकारी गराएका हुन् ।
‘उक्त फेसबुक एकाउन्टबाट प्रसारण, प्रकाशित र पोस्ट भएका र हुने विषयवस्तुहरू यस नेपाल उद्योग परिसंघ कोसी प्रदेशका कुनै पनि जिम्मेवार पदाधिकारी सदस्यज्युहरु र हाम्रो सचिवालयबाट प्रसारित नभएको ब्यहोरा सम्बन्धित सबैलाई जानकारी गराउँदछौँ’ विज्ञप्तिमा भनिएको छ, ‘यसप्रति हाम्रो संलग्नता नरहेको ब्यहोरा समेत स्पष्ट गर्दछौँ ।’
सीएनआई प्रदेश समितिको फेसबुक एकाउन्टको कभर फोटोमा मङ्गलवार बेलुका ८ः३० बजे भारतीय नायिका कंगना तनावरको अर्धनग्न तस्बिर पोस्ट भएको थियो ।
फेसबुक एकाउन्टमा अनधिकृत प्रवेश भएको विषयमा सम्बन्धित नियमनकारी निकायमा खोज र कारबाहीका लागी अनुरोध गरिएको महानिर्देशक शर्माले जानकारी दिए । उनले उक्त फेसबुक एकाउन्टमा जोडिएका सबैलाई उक्त पोस्ट वा एकाउन्टमा गएर रिपोर्ट गरिदिन आग्रह गरिएको बताए ।
View : 522
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved