सेयर बजारमा दोहोरो अंकले उकालो
काठमाडौं । साताको प्रारम्भमा बढोत्तरीको लय समाएको सेयर बजार परिसूचक तेस्रो दिन दोहोरो अंकले बढेको छ ।
कारोबार रकममा पनि वृद्धि भएको छ । मंगलबार २८.९१ अंकले बढेको नेप्से परिसूचक २६६०.३९ विन्दुमा रहँदा ७ अर्ब ३ करोड ३० लाख रुपैयाँको कारोबार भएको छ ।
उत्पादन तथा प्रशोधन र व्यापारबाहेक सबै समूहको सूचक बढ्दा बजारमा हरियाली देखिएको हो। लगानी समूह सर्वाधिक २.३८ र लघुवित्त २.२२ प्रतिशतले बढेको छ ।
जलविद्युत १.३८, विकास बैंक १.२१ र जीवन बीमा १.१२ प्रतिशतले बढेको छ । ३१ कम्पनीको सेयरमूल्य घटेको छ भने २१७ कम्पनीको बढेको छ। बढेकामध्ये सामुदायिक लघुवित्त र न्यादी हाइड्रोपावर समान ९.८७ प्रतिशतले बढेका छन् ।
वरुण हाइड्रोपावर ८.४१ र राप्ती हाइड्रोको सेयरमूल्य ८.४१ प्रतिशतले बढेको छ । बजारमा सर्वाधिक कारोबार हुने ५ कम्पनीको सूचीमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेबलपमेन्ट लिमिटेड पहिलो नम्बरमा रह्यो। उक्त कम्पनीको ४६ करोड १६ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
यस्तै राधी विद्युत कम्पनीको ४५ करोड ५५ लाख, बुटवल पावरको २५ करोड ८३ लाख, सप्तकोशी विकास बैंक २५ करोड २० लाख र युनियन हाइड्रोपावरको २५ करोड १६ लाख रुपैयाँको कारोबार भएको छ ।
यसअघि सोमबार नेप्से ९.१९ अंकले बढेर २६३१.४८ विन्दुमा रहँदा ६ अर्ब ३८ करोड ७२ लाख रुपैयाँको कारोबार भएको थियो ।
View : 320
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved