विराटनगर । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा प्रस्तुत गरिएको ‘नेपाली कांग्रेस विशेष केन्द्रीय महाधिवेशन कार्यविधि–२०८२’ पारित भएसँगै बन्दसत्रका प्रतिनिधिलाई नयाँ केन्द्रीय समिति चयनको बाटो खोलिदिएको छ ।
महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गरेर पारित समेत भइसकेको उक्त कार्यविधिले वर्तमान केन्द्रीयको पदावधि सकिएको निष्कर्शसहित केन्द्रीय समितिको विघटन गर्ने र १५औं नियमित महाधिवेशनसम्मलाई नयाँ केन्द्रीय समिति निर्वाचित गर्ने स्पष्ट बाटो खोलिदिएको हो ।
आज भृकुटीमण्डमा भएको बन्दसत्रले पारित गरेको कार्यविधिको नियम ५ (घ) मा केन्द्रीय कार्यसमितिको विघटन गर्ने प्रावधानलाई समावेश गरिएको छ ।
कार्यविधिमा कांग्रेसको १४औँ महाधिवेशन विसं २०७८ (मङ्सिर २४ देखि २८) देखिको निर्वाचित मौजुदा केन्द्रीय कार्यसमितिको पदावधि समाप्त भइसकेकाले केन्द्रिय कार्यसमितिको विघटन गर्ने र कांग्रेसको १५औँ महाधिवेशन सम्पन्न नहुँदासम्मका लागि नयाँ केन्द्रिय कार्यसमिति निर्वाचित गर्ने प्रावधान उल्लेख हो ।
यसैगरी, विशेष केन्द्रीय महाधिवेशनको अध्यक्षता पार्टीको सभापतिले गर्ने र निज अनुपस्थित भएको खण्डमा भने महाधिवेशनमा उपस्थित ज्येष्ठ सदस्यले गर्ने व्यवस्था उल्लेख गरिएको छ ।
ज्येष्ठ सदस्यको अध्यक्षतामा विशेष केन्द्रीय महाधिवेशनको बन्दसत्र सञ्चालन भएको अवस्थामा बन्दसत्र कार्यक्रमको सहजता र निरन्तरताका लागि महाधिवेशन प्रतिनिधिमध्ये पाँच सदस्यीय अध्यक्षता मण्डल गठन गरिने कार्यविधिमा उल्लेख छ ।
View : 160
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved