Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
आर्थिक

जानकीको ६ पत्रे पानीट्यांकी : जाडोमा तातो, गर्मीमा चिसो

उद्घोष सम्वाददाता
१५ पुष २०८०, आइतवार

विराटनगर । गर्मीमा पानी झन् तातिने र जाडोमा थप चिसो भएर भान्सा तथा बाथरुम छिर्न दिक्क मानेकालाई राहत हुनेगरी विराटनगरमा जारी व्यापार मेलामा जानकी पोलिटेंकले पानीट्यांकी बिक्री गरिरहको छ । 

सीपीभीसी पाइप एण्ड फिटिङ आइटमका उत्पादनकर्ता जानकी पोलिटेंक इण्डस्ट्रिज प्रालिले जारी व्यापार मेलामा ६ पत्र भएको अर्थात् सिक्स लेयर ट्यांकी बिक्रीमा राखेको छ । ‘यो ट्यांकीको विशेषता भनेकै गर्मीमा पानी नतातिनु र जाडोमा थप चिसो नहुनु हो’ कम्पनीका मार्केटिङ मेनेजर सञ्जीम खडका भन्छन् ।

उनका अनुसार, सिक्स लेयर ट्यांकीले पानी तात्न वा चिसो हुन नदिई पानीको गुणलाई स्थीर राख्छ । यस्तो ट्यांकी ५००, ७५० र १००० लिटरमा उपलब्ध भएको खड्काले बताए । त्यस्तै जानकीले लाइफटाइम ग्यारेन्टी भएको ‘ब्लो ट्यांकी’ पनि उत्पादन र बिक्री गर्दछ ।

यो ट्यांकी चार तलामाथिबाट झर्दा पनि नफुट्ने खालको भएको कम्पनीका मार्केटिङ मेनेजर खड्का दावी गर्छन् । त्यस्तै जानकी पोलिट्यांकले यसका अतिरिक्त मोबिल तथा ग्रिज राख्ने ५ देखि २० लिटरसम्मका कन्टेनर पनि उत्पादन गर्दछ ।

कम्पनीले ग्यास सिलिण्डर एक ठाउँबाट लैजान सजिलो होस् भनेर ग्यास सिलिण्डर ट्रलीको पनि उत्पादन गरेको छ । त्यस्तै कहिले नभाँचिने, नफुट्ने तीन पत्र भएको सीपीभीसी वाइरिङ पाइप र डक्टवायर पनि आफ्नो कम्पनीको उत्पादन खड्काले जानकारी दिए ।

View : 171

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved