सुन्दरहरैंचा । सुन्दरहरैंचा–९ स्थित जेष्ठ नागरिक समाजको ५ औं बार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ । कार्यक्रममा कोशी प्रदेश सभा सदस्य ज्ञानेन्द्र सुवेदीले जेष्ठ नागरिक समाजको गहना भएकोले उनीहरुको हक हितका लागि राज्यले थप ध्यान दिनुपर्ने बताए ।
समाजका अध्यक्ष रामकुमार कार्कीले वार्षिक प्रगति प्रतिवेदन ,महासचिव रामप्रसाद गजुरेलले आर्थिक प्रगति प्रतिवेदन र लेखा समिति संयोजक राजाबाबु स्वाँरबाट लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सो अवसरमा ४८ जना ८० बर्षमाथिका जेष्ठ नागरिकलाई खास्टो, लौरो, नगदसहित सम्मान गरिएको थियो । कार्यक्रममा सुन्दरहरैंचा –५ का जेष्ठ नागरिक अध्यक्ष होमकुमार राई, सुन्दरहरैंचा नगरपालिकाका सामाजिक विकास शाखा अधिकृत शान्ता घिमिरे, पूर्वराज्य मन्त्री राजकुमार ओझा लगायतले मन्तव्य राखेका थिए ।
जेष्ठ नागरिक समाज सुन्दरहरैंचामा हाल १ हजार ७५ सदस्य छन् ।
View : 166
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved