Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

जेष्ठ महिलालाई तिजमा सारी

उद्‌घोष संवाददाता
२७ साउन २०८२, मङ्गलवार

विराटनगर । हरितालिका तीज नजिकिदै गर्दा जेष्ठ नागरिक संरक्षण सेवा केन्द्र विराटनगर–५ ले जेष्ठ महिलाहरूलाई सारी वितरण गरेको छ । 

त्रिमूर्तिचोकस्थित जेष्ठ नागरिक विश्रामस्थल तथा दिवा सेवा केन्द्रमा सोमबार आयोजित कार्यक्रममा वडाध्यक्ष सन्तोष न्यौपाने, वडा सदस्य अञ्जु दाहाल र जेष्ठ नागरिक संरक्षण सेवा केन्द्रका अध्यक्ष सुरेश श्रेष्ठले ३० जना जेष्ठ महिलाहरूलाई सारी वितरण गरेका थिए ।

वडा कार्यालयको आर्थिक सहयोगमा जेष्ठ नागरिक संरक्षण सेवा केन्द्रले  जेष्ठ नागरिक लक्षित विभिन्न कार्यक्रम गर्दै आएको छ । 

वडा कार्यालयले ८० वर्ष माथिका जेष्ठ नागरिकहरूलाई घरमै पुगेर स्वास्थ्य जाँच गराउनुका साथै धार्मिक भ्रमण गराउँदै आएको वडाध्यक्ष सन्तोष न्यौपानेले बताए । 

वडा कार्यालयको करिब १४ लाख बजेटमा त्रिमूर्तिचोकमा जेष्ठ नागरिक विश्रामस्थल भवन पनि निर्माण गरिएको बताइएको छ ।

View : 426

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved