विराटनगर । विराटनगर–४ खार्जीस्थित विन्ध्यावासिनी दुर्गा पाञ्चायन मन्दिरमा बुधबारदेखि शुरु भएको देवी भागवत महापुराणमा भक्तजनहरूको घुँइचो लागेको छ । मन्दिर निर्माणार्थ सहयोग उद्देश्यले आयोजना गरिएको महापुराणमा मोरङ, झापा सुनसरीलगायतका जिल्लाबाट आएका भक्तजनहरूको सहभागिता छ ।
चर्चित भागवतवाचिका राधिका दासीबाट वाचन गरिएको कथा सुन्न भक्तजनहरूको घुइचो लागेको हो ।
सहवाचक ऋषिकेश घिमिरेद्वारा पाठ भैरहेको महापुराणको कथालाई समय र आधुनिक शैलीमा राधिका दासीद्वारा वाचन हुने गरेको छ । शनिबार मात्र करिब पाँच हजारले कथा श्रवण गरेको आयोजक समितिका सदस्य नारायणप्रसाद नेपालले जानकारी दिए । नौ दिनसम्म चल्ने महापुराणको रौनकले खार्जी क्षेत्र धार्मिकमय भएको छ ।
हिन्दु धर्ममा विस्वास गर्ने भक्तजनहरूको घुँइचोलाई ब्यवस्थापन गर्न स्वंमसेवक खटाइएको आयोजक समितिका सदस्य नारायणप्रसाद नेपालले जानकारी दिए ।
दैनिक विहान एघार बजेदेखि दिसको ४ बजेसम्म कथा सुन्न भक्तजनहरूको बाक्लो सहभागिता हुने गरेको छ ।
View : 178
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved