विराटनगर, १७ कात्तिक : आईसीसी टी-२० विश्वकप छनोट अन्तर्गत जारी सेमिफाइनल खेलमा यूएईले नेपाललाई १३५ रनको लक्ष्य दिएको छ।
मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३४ रन जोडेको हो । यूएईको स्कोर रोक्नका लागि नेपालका कुशल मल्लले ३ र सन्दीप लामिछानेले २ विकेट लिएर दवावमा राखेका छन् ।
सोमपाल कामी र रोहित पौडेलले समेत एक एक विकेट लिएका हुन् ।
नेपाली स्पीनरहरुले कँसिलो बलिङ गरेका हुन् । सन्दीपले चार ओभरमा एक मेडन राख्दै १४ रनको उत्कृष्ट बलिङ गरेका छन् । कुशल मल्लले पनि ३ ओभरमा ११ रनमात्रै खर्चिए छन् ।
यूएईका भृत्य अरविन्दले सर्वाधिक ६४ रन जोडे । मुहम्मद वासिमले २६, एलिसान सराफुले १६, आसिफ खानले १३, खालिद शाहले ३ र अलि नासिरले ४ रन जोडेका हुन् ।
नेपालले यो सेमिफाइनलमा यूएईलाई दवावमा राखेका कारण खेल जित्ने सम्भावना बढेको छ । खेल जितेमा नेपाल आगामी वर्ष आयोजना हुने विश्वकपका लागि छनोट हुने छ ।
View : 135
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved