Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

भीजी मोटर्सद्वारा ७ सिटे विद्युतीय भ्यान सार्वजनिक

उद्‌घोष संवाददाता
८ पुष २०८२, मङ्गलवार

विराटनगर । नेपालका लागि एसआरएम र जोयलोङ ब्रान्ड विद्युतीय सवारी साधन (ईभी) को अधिकृत विक्रेता भीजी मोटर्सले एरआरएमको ७ सिटर विद्युतीय भ्यान सार्वजनिक गरेको छ ।

काठमाडौंको सोल्टी होटलमा आयोजित एक विशेष समारोहमा वरिष्ठ अभिनेता सुनिल थापाले सो भ्यान अनावरण गरेका हुन् ।

५० किलोवाटको मोटर रहेको तथा ३०० किलोमिटर रेञ्ज भएको सो भ्यानको मूल्य ३९ लाख रूपैयाँ तोकिएको छ । सो भ्यान कर्पोरेट हाउस, होटल, स्कुल लगायतलाई निकै उपयोगी मानिएको छ ।

नेपालभरिमा कम्पनीका ७५ भन्दा बढी चार्जिङ स्टेसन र २० भन्दा बढी सर्भिस सेन्टरहरू छन् । यसका स्पेयर पार्ट्सको मूल्यको अरू ईभीको तुलनामा ८० प्रतिशत कम पर्छ ।

कार्यक्रममा जोयलोङका दक्षिण एसियाली बिक्री प्रमुख जर्ज कियाओले जोयलोङ र एसआरएमका सवारी साधनको इन्जिनियरिङ गुणस्तरबारे जानकारी गराए । 

उनले नेपाल भित्र्याइएको विद्युतीय सवारी (ईभी) प्रविधिको विश्वव्यापी बजारमा परीक्षण भइसकेको र यसले स्थानीय हावापानीमा पनि विश्वसनीयता सुनिश्चित गर्ने बताए ।

अटोमोटिभ ईभी ड्राइभ ट्रेन विशेषज्ञ सम्राट गौतमले वातावरणसम्बन्धी तथ्यांक प्रस्तुत गर्दै कमर्सियल ईभीको प्रयोगले सवारी साधनबाट हुने प्रदूषण ८० प्रतिशतले घटाउने बताए ।

कम्पनीका बिजनेस हेड चन्दन रौनियारले सुरूवाती लगानी पेट्रोल वा डिजेल गाडीको तुलनामा केही फरक भएपनि दैनिक सञ्चालन खर्चमा हुने बचत अतुलनीय रहेको प्रष्ट पारेका थिए ।

View : 103

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved