विराटनगर । विराटनगरमा मदन स्मृति अन्तर वडा खुला कबड्डी प्रतियोगिता शनिबारदेखि सुरु भएको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमी विराटनगर कमिटीको आयोजनामा प्रतियोगिताको उद्घाटन नेकपा एमाले पूर्व केन्द्रीय सदस्य विनोद ढकालले गरे ।
प्रतियोगितामा विराटनगरका विभिन्न १४ वटा वडाको सहभागिता रहेको जनाइएको छ । तीनदिने प्रतियोगिताको पहिलो दिन शनिबार वडा नम्बर १४ र १७ विजयी भएका छन् ।
वडा नम्बर १४ ले वडा नम्बर ७ लाई ९५–२० को अंकले पराजित गरेको छ । वडा नम्बर १७ ले वडा नम्बर १ लाई ४४–२४ अंकले हराएको जनाइएको छ ।
वडा नम्बर ११ र २ नम्बर वडाबीच भएको अर्को खेलमा ११ नम्बर विजयी भयो । ११ ले ९९–२२ अंकले २ लाई हराएको हो । विजयी भएका वडा नं. ११, १४ र १७ सेमिफाइन प्रवेश गरेका छन् ।
विराटनगर महानगर कबड्डी संघका अध्यक्ष उपेन्द्र यादवका अनुसार आइतबार पहिलो चरणका बाँकी खेलहरु हुने जनाइएको छ । सोमबार सेमिफाइनल र फाइनल खेल हुने उनले जानकारी दिए ।
प्रतियोगिताको विजेताले नगद ३१ हजार र उपविजेताले नगद २१ हजार तथा शिल्ड र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिता संयोजक हमिद आजादले बताए । उदयीमान खेलाडी र सर्वोत्कृष्ट खेलाडीलाई समेत नगद ५ हजार रुपैयाँ पुरस्कार दिइने जनाइएको छ ।
View : 121
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved