Biratnagar, Morang, Nepal
२७ पुष २०८१, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

तीस वर्षपछि मित्र मिलन

उद्‌घोष सम्वाददाता
१० माघ २०८०, बुधवार

विराटनगर । मिल्स माध्यमिक विद्यालय विराटनगर रानीबाट ३० वर्षअघि छुटेका विद्यार्थीले शनिबार मित्र मिलन कार्यत्रम गरेर सेवामा लाग्न संस्था सञ्चालन गर्ने निर्णय गरेका छन् । 

२०५० सालमा विद्यालय छाडेकाहरूको भेलाले संस्था दर्ता गरेर सेवामा परिचालित हुने निर्णय गरेका हुन् । संस्थामा आवद्ध सदस्यले मासिक रूपमा न्यूनतम एक सय रूपैयाँ जम्मा गरेर कोष खडा गरिने भेलाका सहभागी अशोक शाहीले बताए । 

कोषको रकमको ब्याजले सदस्यका परिवारमा स्वास्थ्य समस्या पर्दा औषधिमा खर्च गर्ने वा गरिवलाई सेवा गर्ने मित्र मिलनको भेलाले निर्णय गरेको छ । भेलाले संस्थाको अध्यक्षताको जिम्मा अधिवक्ता कमल लामालाई दिने प्रस्ताव गरेको छ । संस्थाको बिधान र दर्ताको प्रक्रियाका लागि भेलाले लामालाई जिम्मेवारी दिएको छ ।

‘मिल्स २०५०’ नाम दिएर स्थापना गरिने संस्थाका लागि देश विदेशमा रहेका समूहका सदस्यहरूले पनि सहयोग गर्ने जनाएका छन् । दुबईमा रहेका नविन कोइरालाले सक्दो सहयोग गर्ने बताए । विद्यालयको पढाई सकेर छुटेको ३० वर्षपछि साथीसँग भेट हुँंदा केहीले पुनः परिचय गर्नु परेको थियो ।

लामो अवधिपछि भेट्दा बालसखालाई नै पहिल्याउन नसकिएको बताउने सन्तोष दाहालले संस्था स्थापना गरेर पुराना साथीहरू एक परिवार सरह हुने बताए । तत्कालिन महेन्द्र पुलिस क्लबका फुटवल खेलाडी किशोर लिम्बूले मित्र मिलनले सेवा गर्ने भावना जागेको जानकारी दिए ।

View : 260

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved