विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलमा आज धुमधामका साथ वैदिक विधिद्वारा सरस्वती पूजा गरिएको छ ।
एभरेष्ट स्कुलका मन्टेश्वरी, सेकेण्डरी र कलेजका ब्लक परिसरमा छुट्टाछुट्टै मुर्ति स्थापना गरि वैदिक विधिद्वारा सरस्वतीको पूजा गरिएको हो ।
हाम्रा धर्म र संस्कृति सबैको साझा सम्पति रहेको भन्दै विद्यालयका प्राचार्य टिकाराम पुरीले विद्यादातृ सरस्वतीको पूजा आराधना गर्दा विद्यार्थीहरुमा पनि छुट्टै उर्जा मिल्ने बताए ।
यस्ता पर्वहरुले धैर्यता, एकाग्रता र उर्जा समेत प्रदान गर्ने भन्दै उनले विद्यालयमा हरेक दिन सरस्वती बन्दना समेत गराउँदै आएको स्मरण गरे ।
विहानै विद्यालय पुगेका विद्यार्थीहरुले पण्डितजीले वाचन गरेका सरवती स्तोत्रमा प्रार्थना गर्दै पूजा गरेका छन् ।
सरस्वती पूजाका लागि विद्यार्थीसहित अभिभावकहरुको समेत सहभागिता थियो भने शिक्षक कर्मचारीहरुको समेत उपस्थिती थियो ।
विद्यालयका प्राचार्या पुरी र अध्यक्ष विनोद ढकालले मन्टेश्वरी ब्लकमा पूजा गरेपछि आरम्भ भएको सरस्वती पूजा माध्यामिक तह र कलेज परिसरमा भने विद्यार्थीहरुले आफै पूजा गरेका थिए ।
View : 148
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved