Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

आदर्श स्कुलमा बीमा साक्षरता

उद्‌घोष संवाददाता
१८ असार २०८२, बुधवार

विराटनगर । नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयले विराटनगरस्थित आदर्श माध्यमिक विद्यालयमा बीमा साक्षरता कार्यक्रम संचालन गरेका छन् ।

साक्षरता कार्यक्रममा बीमा सम्बन्धि विषयलाई विद्यालयस्तरबाटै जानकारी गराउने उदेश्यले विद्यालयका विद्यार्थी तथा शिक्षकहरूलाई बीमा साक्षरता संचालन गरिएको जनाइएको छ ।

बीमाको महत्व वढाउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरेको नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयका प्रमुख बिनोद कुमार पोखरेलले बताए ।

विद्यालयका ९० जना विद्यार्थी तथा शिक्षक सहभागी भएको उक्त कार्यक्रममा प्राधिकरण प्रमुख पोखरेलले बीमाको परिचय, जोखिमको अवस्था, बीमा गर्ने प्रक्रिया, दाबी प्राप्त गर्ने प्रक्रिया, बीमाको महत्व तथा चुनौती साथै बीमाको हालको बजारको अवस्था सहितको प्रस्तुतिकरण गरेका थिए । प्राधिकरणको कोशी प्रदेश कार्यालयले वीमा साक्षरता बढाउने उद्देश्यले सरोकारवालाहरूसँग बीमा साक्षरता कार्यक्रम गर्दै आएको बताए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सन्तोप पोखरेलले बीमा साक्षरता कार्यक्रमले विद्यार्थीलाई वित्तीय चेतना जगाउन र व्यावहारिक ज्ञान बढाउन सफल भएको बताए । 

विद्यालयका सहायक प्रधानाध्यापक इन्द्र बहादुर चौहानले आगामी दिनमा समेत प्राधिकरणसँग समन्वय गरि बीमा सम्बन्धि जानकारी आदान प्रदान गरिने बताए ।

View : 371

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved