विराटनगर । सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिल पोखरेल बिहीबार विहान पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेद प्रकाश जोशीले पोखरेल पक्राउ परेको जानकारी दिए ।
मोरङको रंगेली नगरपालिका–२ स्थायी घर भई हाल काठमाडौंमा बस्ने गरेका पोखरेललाई पक्राउ गरे लगत्तै प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
एबीबीबीएस अध्ययनका लागि नाम निकालिदिने भन्दै अनिल पोखरेलले सप्तरीको अग्निसाइर कृष्णासबरन गाउँपालिका–५ का बौआलाल चौधरीसँग ३८ लाख ८० हजार रुपैयाँ लिएको आरोपमा अनुसन्धान गर्न उच्च अदालत विराटनगरले प्रहरीलाई आदेश दिएको हो ।
आदेशपछि प्रहरीको खोजी गरिरहेका पोखरेल पक्राउपछि यो घटनाको अनुसन्धान पनि अघि बढेको जनाइएको छ ।
View : 580
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved