Biratnagar, Morang, Nepal
६ साउन २०८३, बुधवार
+977 21 450305, 515728, 578305
कोशी

जापान भ्रमण प्रकरण

पूर्वमन्त्री अधिकारी काठमाडौँ प्रहरीमा आत्मसमर्पण गर्दै

उद्‌घोष संवाददाता
२५ कार्तिक २०८१, आइतवार

Advertisement

विराटनगर । विवादित जापान भ्रमणका कारण आलोचित बनेर अनुसन्धानको घेरामा तानिएका कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले प्रहरीमा आत्मसमर्पण गर्ने तयारी गरेका छन् । 

उनी आजै अपरान्ह १ः५० को यति एयरबाट काठमाडौँ जाने तयारीमा रहेका छन् । पूर्वमन्त्री अधिकारीलाई शनिबार साँझदेखि नै प्रहरी पुगेर निगरानीमा राखेको थियो ।

उनी पक्राउ पर्ने भएपछि आफैं प्रहरीमा आत्मसमर्पण गर्न लागेका हुन् ।

‘म अनुसन्धानबाट भागेको छैन, म माथि प्रश्न उठेकोले अनुसन्धानलाई सघाउन काठमाडौँ जाँदैछु’ अधिकारीले उद्घोषसँग भने, ‘मैले ठगिएको महसुस भएपछि जापानदेखि नै अनुसन्धानमा प्रहरीलाई सहयोग गरिरहेको छु, अपराधी गिरोहलाई कारवाही गराउनु पर्छ भनेर लागिरहेको छु ।’

उनले आफु पक्राउ नपरेको र प्रहरीले पक्राउ पुर्जी पनि नदिएको दाबी गरे ।

View : 557

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved