Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

नेवार युवायुवतीलाई लाखे प्रशिक्षण

उद्‌घोष संवाददाता
४ साउन २०८२, आइतवार

विराटनगर । विराटनगर र कटहरीका नेवार समुदायका युवायुवतीलाई सहभागी गराएर लाखेनाच तथा धिमेबाजा प्रशिक्षण आयोजना गरिएको छ । 

नेवाः देय् दबु विराटनगर समितिले कटहरी गाउँपालिका– १ स्थित कृषि बजार परिसरमा प्रशिक्षण आयोजना गरेको हो । 

प्रशिक्षणमा विराटनगरको वडा नम्बर १, २ र ५ तथा कटहरीको १, २ र ३ नम्बर वडाका ३५ जना नेवार समुदायका युवायुवती सहभागी रहेको नेवाः देय् दबु विराटनगर समितिका अध्यक्ष दीपक प्रधानले जानकारी दिए ।

परम्परागत संस्कृति र संस्कारलाई जोगाउन प्रशिक्षण आयोजना गरिएको उनले बताए ।

प्रशिक्षक विप्लव प्रधानको टोलीले सहभागीलाई लाखे र धिमे बाजा सम्बन्धि प्रशिक्षण दिइरहेका छन् ।

युवाहरूको पाश्चात्य संस्कृति र संगितप्रति रूझान बढ्दै गएको अवस्थामा उनीहरूलाई आफ्नो मौलिक संस्कृतिको महत्व बुझाउन र संस्कृति संरक्षणको उद्देश्यसहित प्रशिक्षण आयोजना गरिएको आयोजक समितिका कोषाध्यक्ष रामकृष्ण ताम्राकारले बताए । 

समितिले आफ्नै पहलमा आर्थिक स्रोतको जोहो गरी तालिमको अयोजना गरेको उनले जानकारी दिए ।

विराटनगर क्षेत्रका नेवार समुदायले नागपञ्चमीका दिन नगरक्षेत्रको झीः पुचः स्थित मन्दिरमा बंगलामुखी भगवतीलाई ढोगभेट गरेर मन्त्र लिंदै लाखे नाचको शुरूआत गर्छन् ।

गाईजात्रामा सहभागिता पछिको दिनमा लाखे नाचको टोली समुदायको घरघरमा पुगेर नाच प्रस्तुत गर्छन् ।

त्यसपछि विराटनगरको ऐतिहासिक राधाकृष्ण रथयात्राको शोभायात्रामा सहभागितापछि भने नाच समापन गरिन्छ ।

View : 302

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved